विपद्मा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण


सिन्धुपाल्चोक
मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पुर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा औषधीको सुरक्षित भण्डारण, अक्सिजन तथा प्राथमिक उपचारको तयारी, स्थानीय समुदायलाई जनचेतना प्रवाहलगायतका विषय उल्लेख गरिएको छ । पत्रमा विभिन्न सममयमा भएका प्राकृतिक विपद्बाट भएका क्षतिको उल्लेख गर्दै पुनस्थापना र पुननिर्माणमा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरिएको छ ।
फाउण्डेसनले गराएको ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उपलब्ध स्रोत तथा शक्ति परिचालनको ब्यवस्थापन मिलाईएको जानकारि दिनुभयो ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका जिल्ला सचिव यज्ञ सापकोटा, नेकपा एमालेका नेताहरु अमानसिं तामाङ, बालकुमारी सापकोटा, रामचन्द्र वस्नेतलगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    • adminadmin
    • समाचार
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 153 views
    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    बलेफी गाउँपालिका वडा नं. ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको…

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

    सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

    भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

    सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    • By admin
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 153 views

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु