विपद्मा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

सिन्धुपाल्चोक
मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पुर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा औषधीको सुरक्षित भण्डारण, अक्सिजन तथा प्राथमिक उपचारको तयारी, स्थानीय समुदायलाई जनचेतना प्रवाहलगायतका विषय उल्लेख गरिएको छ । पत्रमा विभिन्न सममयमा भएका प्राकृतिक विपद्बाट भएका क्षतिको उल्लेख गर्दै पुनस्थापना र पुननिर्माणमा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरिएको छ ।
फाउण्डेसनले गराएको ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उपलब्ध स्रोत तथा शक्ति परिचालनको ब्यवस्थापन मिलाईएको जानकारि दिनुभयो ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका जिल्ला सचिव यज्ञ सापकोटा, नेकपा एमालेका नेताहरु अमानसिं तामाङ, बालकुमारी सापकोटा, रामचन्द्र वस्नेतलगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न