डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चोक, बलेफी —
डेङ्गी र अन्य किटजन्य रोगहरूको रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट गर्नका लागि बलेफी गाउँपालिकामा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रम असार १९ गते जनप्रतिनिधि, स्थानीय संघसंस्था, सुरक्षा निकाय र सञ्चारकर्मीहरूसँग र असार २० गते स्वास्थ्यकर्मी तथा कर्मचारीहरूसँग छुट्टाछुट्टै गरी आयोजना गरिएको हाे।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख पदमनाथ नेपालले महामारी नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने र जनस्तरसम्म सचेतना फैलाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। बलेफी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष छवीलाल न्यौपानेले जनप्रतिनिधिको सक्रियता र नेतृत्व विना महामारी रोकथाम सम्भव नभएको बताउँदै स्थानीय तहमा समन्वय अझै सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले प्रभावकारी रुपमा सचेतनाको काममा लाग्ने प्रतिबद्धता जनाउँदै समुदायको साथबिना सफल रोकथाम असम्भव रहेको बताउनुभयाे। कार्यक्रममा सहजीकरण बलेफी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले गर्नुभएको थियो भने स्वास्थ्य प्रशिक्षक परशुराम श्रेष्ठले डेंगी रोगको लक्षण, फैलिने तरिका, रोकथामका उपाय र समुदायले अपनाउनु पर्ने व्यवहारबारे बिस्तृत प्रस्तुति दिनुभएको हाे। उक्त अभिमुखीकरण कार्यक्रमले स्थानीय तहमा डेंगी तथा किटजन्य रोगको जोखिम न्यूनिकरण गर्न आवश्यक रणनीति, जनसहभागिता र सचेतनाको महत्वलाई प्राथमिकतामा राखेर योजना बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

  • निशान परियार

    Related Posts

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न