आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

काठमाडौँ । विदेशमा यन्त्र (मेसिन) मा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै निर्माण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

उत्पादनलाई प्राथमिकता,संस्कृतिको संरक्षण एवं धागोलाई वैदिक विधिअनुसार जनै बनाउन अनेरास्ववियुले प्रशिक्षण दिएको हो ।

विदेशी मूलबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक नहुने हुँदा अनेरास्ववियुले प्रशिक्षण कार्यक्रम आयोजना गरेको अनेरास्ववियु वाल्मीकि विद्यापीठ इकाई समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले जनैमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियु वाल्मीकि विद्यापीठले गरेको कार्यक्रमले इँटा थप्ने काम गरेको उहाँको भनाइ थियो । पूर्वीय दर्शनले बताएअनुसारको स्वदेशी जनै निर्माणमा विद्यापीठले अग्र भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले वर्षेनी करोडौँ रुपैयाँको जनै आयात भएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्वदेशी उत्पादनको जनै धारण गर्न समेत अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई उहाँको आग्रह थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वाल्मीकि विद्यापीठका प्राध्यापक डा.भागवत ढकालले अनेरास्ववियुको कदमले शोभा बढाएको बताउनुभयो । विद्यार्थी सङ्गठन रचनात्मक काममा अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो ।

त्यस्तै,कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष  सङ्गम अर्यालले जनैको महत्त्व दर्शाउनपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले फरक प्रसङ्गमा बोल्नुहुँदै कलकारखाना बन्द गर्न हात धोएर लागेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले कलकारखाना बन्द गर्ने दुष्प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका स्मरण गर्नुभयो । संस्कृत शिक्षालाई वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमका मुख्य प्रशिक्षक विष्णुप्रसाद पोखरेलले जनैको महत्त्व र वैज्ञानिक दृष्टिकोणका बारेमा प्रस्ट्याउनुभयो । कार्यक्रममा सह-प्राध्यापक कान्ता भट्टराई,अनेरास्ववियुका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न