नागरिक सुनुवाईमा सरोकारवालाको एकमत – ‘नागरिक प्रहरी सँगसँगै’

चौतारा । जिल्ला प्रहरी सिन्धुपाल्चोकले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।

कार्यालयले जिल्लामा सम्पादन गरेकोकामको प्रगती तथा नागरिकका अभिमत संकलन समेत गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको कार्यक्रममा नागरिक समाजका अगुवाहरुले समेत सुझाव तथा धारणा राखेका छन् ।

जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले जिल्लामा घटेका घटना तथा अनुसन्धानको अवस्था, मुद्दा फर्छौटको, सवारी दुर्घटना, भन्सार चोरी निकासी, हराएको मानिसको खोजि, बैकिङ कसुरलगायतका घटनामा प्रहरीले हालसम्म गरेमा अध्ययन अनुसन्धान र प्रगतीको अवस्था वारे जानकारि गराउनुभयो । बागमती प्रदेशमा सिन्धुपाल्चोक प्रहरी कार्यालयको कार्यसम्पादन तथा प्रगती उत्कृष्ट रहेको समेत खड्काले जानकारि दिनुभयो ।

नागरिक सुनुवाईमा कृष्ण रत्न गंगा माविका शिक्षक बोधराज भट्टराई , बिद्यार्थी कल्पना तामाङ र जुगल वोर्डिङकी विद्यार्थी करुणा सिग्देल, नगर महिला सन्जालकी तारादेवि राना, चौतारा साँगाचोकगढी नगरपालिकाकी कार्यपालिका सदस्य सीता पौडेल, स्थानीय हरी नेपाल, शुशिला नेपाल र रेडियो सिन्धु अध्यक्ष रत्न श्रेष्ठलगायतले जिज्ञासा तथा सुझाव पेश गरेका थिए ।

सरोकारवालाहरुले सडक सुरक्षा, सार्वजनिक स्थलको सही प्रयोग, वजार अनुगमन, साईवर सुरक्षा, अरनिको यातायातको अस्वस्थ्य प्रतिस्पर्धा, हिरासत कक्षा सुधार, दुर्घटना न्यूनिकरणलगायतका विषयमा धारणा तथा जिज्ञासा राखेका थिए ।

जिज्ञासाहरुको सम्वोधन गर्दै प्रहरी प्रमुख खड्काले प्रहरीले चुस्त दुरुस्त सेवामा सँधै प्रतिवद्ध रहेको वताउनुभयो । सोसल मिडिया प्रयोगमा सावधानी अपनाउन, सुरक्षित तवरबाट सडकको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । कतिपय समन्वयात्मक कामहरु सरोकारवाला संयन्त्रसँगै गरिने उहाँले वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय सिमितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचेकगढी नगरपालिका उप प्रमुख सीता थापा, जिल्ला वारका अध्यक्ष भूपेन्द्र थिङ, मानवअधिकार कर्मी नातिवावु धिताल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचिव बिदुर आचार्य, जेष्ठ नागरिक मञ्चका अध्यक्ष माधवलाल कर्मचार्य लगाएतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रहरीको कार्यसम्पादन तथा प्रहरीको उपस्थिति सन्तोषजनक रहेको सरोकारवालाको धारणा रहेको छ । जिल्ला प्रहरीले यस खालका कार्यक्रम नियमित रुपमा गर्दै जाने प्रहरी नायव उपरीक्षक निराजन भट्टराईले जानकारी दिनुभयो ।

  • निशान परियार

    Related Posts

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    ५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न