बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

सिन्धुपाल्चोक । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

शनिबार बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चले र जुगल गाउँपालिका वडा नंम्वर १ कुनेगाउँका पीडितहरुलाई राहत वितरण गरेको हो ।


असोज १२ गतेको बाढी र पहिरोले विस्थापित वनाएको बलेफी र जुगलको २५ परिवारलाई खाद्यन्न, ब्लाङ्केट, झोलासहितको सामाग्री वितरण गरेको हो । बफेफी गाउँपालिका – २ अर्चलेमा १६ र जुगल गाउँपालिका –१ कुनेगाँउमा ९ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।


‘पीडितहरुको लागि एक वोरा चामल सहितको खाद्यन्न, ब्लाङ्केट लगायतका एक सेट सामाग्री वितरण गरिएको हो । बाढीपहिरोवाट प्रभावित परिवारलाई तत्कालको आवश्यकता अनुसारको सामान ल्याएर वितरण गरेका छौ ।’– गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष निर्मल शर्मा चौलागाईले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, बपलेफी गाउापालिका वडा नं २ का अध्यक्ष छबीलाल न्यौपाने, एनआरएन चीनका अध्यक्ष शर्मा, महासचिव प्रदिप नेपाललगायतले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।


नेपालका लागि नेपाली भन्ने अभिप्रायले संचालित संस्थाले नेपालमा परेको विपत्तीहरुमा सहयोग तथा नेपालको विकासको काममा सहकार्य गर्दै आएको संस्थाका महासचिव प्रदिप नेपालले जानकारि दिनुभयो ।

  • निशान परियार

    Related Posts

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    सिन्धुपाल्चोक, वैशाख २ — नयाँ वर्ष २०८३ को पहिलो दिन सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत बलेफी गाउँपालिका–८, नयाँपुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका…

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोकको अधेरीस्थित ट्राफिक कार्यालयले यात्रुहरूको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले ठाउँ–ठाउँमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। बढ्दो सवारी चापसँगै सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न