ब्बाँसे पुग्यो बस

चौतारा । बलेफी गाउँपालिका वडा नंम्वर ६ को अँधेरी–मांखा–ब्बाँसे सडक सुचारु भएको छ ।

असोज १२ गतेको अविरल वर्षाले दर्जनौ ठाउँमा अवरोध पुगेको सडक शनिबारबाट संचालनमा आएको बलेफी गाउँपालिका वडा नंम्वर ६ का अध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयो ।

अध्यक्ष पराजुलीले सामाजिक संञ्जाल फेसवुकमा बलेफी गाउँपालिका वडा नंमवर ६ को मुख्य सडक शनिबारबाट संचालनमा आएको जानकारि गराउनुभएको छ ।

‘बलेफी गाउँपालिका वडा नम्बर ६ मा अबिरल बर्षाको कारण अबरुद्ध बाटो आजबाट सन्चालन मा आएको छ । अहोरत्र खट्नु हुने वडा सदस्स लावाङ लगाएत मेसिन अप्रेटर निमा र सबै सहयोगी वडावासिको कारण आज सफल भएको छ । सबै सहयोगी मनहरुलाइ हार्दिक धन्यबाद ।’– अध्यक्ष पराजुलीले उल्लेख गर्नुभएको छ ।

अँधेरी–मांखा–ब्बाँसे सडक बलेफी गाउँपालिका वडा नं ६ को मुख्य सडक हो । दश किलोमिटर दुरी रहेको उक्त सडकमा केही वर्षयता बाह्रै महिना सार्वजनिक यातायात संचालनमा ल्याउन सफल भएको भए पनि असोज १२ को बाडी र पहिरोले अवरोध पु¥याएको अध्यक्ष पराजुलीले जानकारि दिनुभयो ।

‘दर्जजौ ठाउँमा अवरोध पन्छाएर सडक संञ्चालनमा ल्याउन सफल भएका छौ । कतै पहिरो पन्छाईएको छ, कतै वाल उठाईएको छ, कतै वस्ती तथा घरहरुको संरक्षणका काम भएका छन् । चाडवार्डमा घर फर्कनेहरुको सुविधालाई ध्यानमा राख्दै सबै पक्षले सडक संचालनमा सहयोग पु¥याउनुभएको छ ।’– अध्यक्ष पराजुलीले भन्नुभयो ।

  • निशान परियार

    Related Posts

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न