तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् । गत साताको वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा ठुलो धनजनको क्षति भएको थियो । नेपाल चीन व्यापारको मुख्य नाका तातोपानी सम्म पुग्ने अरनिको मार्गमा दुई वटा पुल बाढीले बगाएको थियो । नेपालीहरूको प्रमुख चाडपर्वको सुरुवातमा चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रने सामानहरू चीनतर्फ नै अड्किएका छन् । राजमार्ग र नाकाको अवस्था तत्काल सञ्चालनका लागि नेकपा एमाले सिन्धुपाल्चोकले पहल जारी राखेको छ ।   

अवरुद्ध अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन एमालेले भरपुर प्रयत्न गरेको वाग्मती प्रदेशका पूर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य  सरेश नेपालले जानकारी दिनुभयो । सडक सञ्चालनका लागि लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोली र पुल महाशाखाका प्राविधिकसहित एकालेका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरू प्रभावित क्षेत्र पुगेर अवलोकन गरेका हुन् ।

 बाढी पहिरो प्रभावित स्थलको निरीक्षण र अनुगमन पश्चात् प्रभावित क्षेत्रको मर्मत गरी सवारी आवागमन र नाका सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराइएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

लार्चामा तत्कालको लागि अस्थायी डाइभर्सन बनाउने निर्णय भए पनि अन्य दुई वटा पुल र ४ ठाउँमा बाटो पूर्ण रुपामा क्षति भएको छ । निरीक्षणमा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद सुभाष कर्माचार्य जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता डिवि लामा, हिमालपार व्यापार सङ्घका सचिव आङ्दोर्जे शेर्पा लगायतका व्यापार व्यवसायमा संलग्न व्यक्तिहरू रहेका थिए । 

चाडपर्व नजिकिँदै गर्दा बाढी पहिरोले सीमा नाकाहरू बन्द भएकोले तत्काल नाका सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्री  देवेन्द्र दाहाल समक्ष असोज १५ गते नै एमाले नेता तथा व्यवसायीहरूले अनुरोध गरेका थिए ।  

नेपाल चीनको स्थलगत व्यापारिक नाका ठप्प भई  हजारौँ कन्टेनर अलपत्र अवस्थामा छन् । 

मन्त्री दाहालले तत्काल बेलिबृज जोड्ने र पहिरो पन्छाई आवागमन सहज बनाउन सरकार लागिरहेको बताउनु भएको थियो । 

अरनिको राजमार्ग  सुचारु,  अस्थायी पुल निर्माण लगायतका काम गर्न आवश्यक बजेटको कमि हुन नदिने विश्वास दिलाउनु भएको थियो । अरनिको राजमार्गको स्तर उन्नति गर्न यो वर्ष मात्र एक अर्ब बजेट ब्याबस्था मिलाएको जानकारी दिनु भएको थियो ।

  • निशान परियार

    Related Posts

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    ५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न