कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गर्नुभयो।

कार्यक्रम उद्घाटनका क्रममा उपमहासचिव ज्ञवालीले कर्णाली प्रदेश सांस्कृतिक तथा प्राकृतिक हिसाबले अत्यन्त समृद्ध रहेको बताउँदै अब समग्र विकास र समृद्धिका लागि पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। विकास र परिवर्तनका लागि वैचारिक स्पष्टता अत्यावश्यक भएको उल्लेख गर्दै उहाँले यस प्रकारका प्रशिक्षण कार्यक्रमले त्यो उद्देश्य प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

ज्ञवालीले भौगोलिक विकटताका बाबजुद कर्णालीमा विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै अब कर्णालीको ‘पछाडि परेको’ भन्ने पहिचान परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले अर्गानिक उत्पादन, साहसिक पर्यटन र प्राकृतिक सम्पदामा भरपुर कर्णाली प्रदेश तथा कालिकोटलाई समृद्ध बनाउने अभियानमा पार्टी लाग्नुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, राजबहादुर बुढा, सुन्दर लामिछाने, गेहेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

कर्णाली प्रदेशभर सञ्चालन गरिँदै आएको जिल्ला स्तरीय प्रशिक्षण शृङ्खलाअन्तर्गत कालिकोट छैठौँ जिल्ला हो। यसअघि दैलेख, सुर्खेत, हुम्ला, मुगु र जुम्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन्।

  • निशान परियार

    Related Posts

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोकको केही स्थानहरूमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लामोसाँघुको संयुक्त पहलमा सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम इलाका…

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    सिन्धुपाल्चोक, वैशाख २ — नयाँ वर्ष २०८३ को पहिलो दिन सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत बलेफी गाउँपालिका–८, नयाँपुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण