पढाइ सँगसँगै उत्पादन, प्राविधिक शिक्षाले आत्मनिर्भर बन्दै महेन्द्रोदय मा .वि.

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ६ पाटीडाँडामा अवस्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालय प्राविधिक शिक्षाको क्षेत्रमा उदाहरणीय विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। वि.सं. २०१७ फागुन १८ गते स्थापना भएको यस विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ।

श्री महेन्द्रोदय माध्यमिक विद्यालय सुनकोशी गाउँपालिकाकै पहिलो प्राविधिक विद्यालय हो। यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको पढाइ हुँदै आएको छ। पढाइसँगै सीप र उत्पादनलाई जोड दिइएकाले विद्यार्थीहरू व्यवहारिक ज्ञानमा दक्ष बन्दै गएका छन्।

विद्यालयमा हाल करिब ४०० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ३३ जना शिक्षक तथा २ जना कार्यालय सहयोगी कार्यरत छन्। शिक्षक र विद्यार्थीबीचको समन्वयले विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ बन्दै गएको छ।

यस विद्यालयका विद्यार्थीहरूले मौरीको घारदेखि विभिन्न सिपमूलक सामग्री उत्पादन गर्दै आएका छन्। उत्पादन भएका सामग्रीहरू बिक्रीसमेत हुँदै आएका छन्, जसले विद्यार्थीलाई आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ। प्राविधिक शिक्षाको मुख्य उद्देश्यलाई विद्यालयले व्यवहारमा उतारेको देखिन्छ।विद्यालयले सञ्चालन गरेको विद्यालय बस सेवाबाट करिब १०० जना विद्यार्थीले नियमित सेवा पाइरहेका छन्। यसले टाढाबाट आउने विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा सहजता प्रदान गरेको छ।

विद्यालयको आफ्नै छात्रावास नभए पनि नजिकैका घर भाडामा लिएर छात्रावासको व्यवस्था गरिएको छ। यस विद्यालयमा सुनकोशी गाउँपालिका मात्र नभई अन्य पालिका तथा जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्।विद्यालयमा कठिन विषयहरूलाई सहज बनाउन स्मार्टबोर्डमार्फत पढाइने व्यवस्था गरिएको छ। प्रत्येक कक्षाकोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसले सुरक्षा र अनुशासन कायम गर्न सहयोग पुर्‍याएको छ।

विद्यालयको गुणस्तर विकास तथा नतिजा सुधारका लागि सार्वजनिक बिदा र शनिबारका दिन कक्षा ५, ८, १० र १२ का विद्यार्थीलाई अतिरिक्त परीक्षा लिने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दंगालले जानकारी दिनुभयो।

यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू पालिका प्रथमसमेत भएका छन्। विद्यालय बालमैत्री वातावरणयुक्त छ। छात्र–छात्राका लागि शौचालयको उचित व्यवस्था गरिएको छ भने फोहोर कुहिने र नकुहिने छुट्टाछुट्टै भाँडामा राख्ने प्रणाली लागू गरिएको छ।

पढाइसँगै उत्पादनलाई प्राथमिकता दिँदै प्राविधिक शिक्षामार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा श्री महेन्द्रोदय माध्यमिक विद्यालय सफलतापूर्वक अघि बढिरहेको देखिन्छ। यस विद्यालयले स्थानीय तहमा प्राविधिक शिक्षाको महत्व स्थापित गर्दै अन्य विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न