आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि.को २८औँ वार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक ।

सुनकोशी गाउँपालिका वडा नम्बर ६, थुम्पाखर पाटीडाँडामा अवस्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष मिम यौन्जनको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष तथा सहकारी संस्थाका पूर्व अध्यक्ष चक्रबहादुर बस्नेत, साथै संस्थाका शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव श्री दिनेश थापाले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसमा संस्थाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम र प्रगतिको विवरण समेटिएको थियो।त्यसैगरी, कोषाध्यक्ष श्री बिना भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय, बचत संकलन, ऋण लगानी तथा समग्र वित्तीय अवस्थाबारे जानकारी गराउनुभयो।लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक श्री राजु बिकले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबार पारदर्शी र नियमसंगत रहेको उल्लेख गर्नुभयो।

साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।उत्कृष्ट बाल बचततर्फ युगेन भण्डारी, अनुतोष प्याकुरेल, युनिक कार्की र पाल्च्योर तामाङ सम्मानित हुनुभएको थियो।

त्यस्तै, जेष्ठ बचत सम्मान कटकबहादुर खत्री, कर्णबहादुर नेपाली, मनमाया तामाङ र सानु कान्छी तामाङलाई प्रदान गरिएको थियो।

असल कारोबार विदातर्फ रमिता आचार्य, निर्मला बस्नेत, मेहरमान बिक, मनवती कार्की, पेमडोलमा तामाङ, गीता भण्डारी र गीता घतानी सम्मानित हुनुभएको थियो।

त्यसैगरी, उपसमिति सम्मान मधुराम कार्कीलाई प्रदान गरिएको थियो भने सञ्चालक समितिको सम्मान पुरस्कार सीता सुवेदीलाई प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा वक्ताहरूले आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले स्थानीय समुदायमा बचत गर्ने संस्कृतिको विकास, आर्थिक अनुशासन तथा आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। सहकारीमार्फत सदस्यहरूको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुगेको भन्दै आगामी दिनमा संस्थालाई अझ पारदर्शी, प्रभावकारी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, सहकारी अभियानलाई थप सुदृढ बनाउँदै स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने साझा संकल्पसमेत व्यक्त गरिएको थियो।

  • निशान परियार

    Related Posts

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    ‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने

    सिन्धुपाल्चोक। अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग