४२ औँ पिस्कर स्मृति दिवसमा ‘जेलभित्रका सङ्घर्ष’ लोकार्पण

चौतारा

पञ्चायती निरङ्कुशताविरुद्धको ऐतिहासिक जनआन्दोलनका क्रममा पिस्करमा भएको नरसंहारको स्मरणमा माघ १ गते ४२ औँ पिस्कर स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा लेखक तथा राजनीतिक अभियन्ता सरेश नेपालद्वारा लिखित पुस्तक ‘जेलभित्रका सङ्घर्ष’ को लोकार्पण गरिएको हो।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिस्कर आन्दोलन नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा एक महत्त्वपूर्ण मोड भएको उल्लेख गर्नुभएको छ। निरङ्कुशताविरुद्ध संघर्ष गर्ने शहीद तथा योद्धाहरूको योगदान इतिहासमा सधैँ अमर रहने बताउनुभएको छ।

वक्ताका रूपमा अमृत बोहराले पिस्कर आन्दोलनले जनतामा चेतना र प्रतिरोधको भावना जागृत गराएको बताउनुभएको छ। लोकतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा यस्ता आन्दोलनहरूको ठूलो भूमिका रहेको धारणा व्यक्त गर्नुभएको छ।पुस्तकका लेखक सरेश नेपालले ‘जेलभित्रका सङ्घर्ष’ आफ्ना भोगाइ र अनुभूतिमा आधारित कृति भएको तथा पञ्चायती शासनकालको संघर्षलाई अभिलेखित गर्ने ऐतिहासिक दस्तावेज भएको बताउनुभएको छ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै डा. देवी नेपालले यस कृतिले पञ्चायती शासनकालको राज्य दमन, जेल जीवनका पीडा र राजनीतिक बन्दीहरूको संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न