एमाले उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत

सिन्धुपाल्चोक, नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत गरिएको छ। आइतबार सुनकोशी गाउँपालिका वडा नम्बर १, २ र ३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमका क्रममा उहाँलाई स्थानीय नेता तथा मतदाताले उत्साहपूर्वक स्वागत गरेका हुन्।मतदाता भेटघाटका क्रममा उम्मेदवार नेपालले सयौँ स्थानीय नेता तथा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। उहाँले विकासको सुरुवात नेकपा एमालेले नै गरेको उल्लेख गर्दै मतदातालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभयो। साथै, पार्टी र मतदाताको शीर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमले पुराना नेता तथा कार्यकर्तामा थप उत्साह पैदा गरेको देखिएको छ। स्थानीय स्तरमा विकास, जनताको माग, चाहना र आवश्यकतालाई पूरा गर्न नेकपा एमालेको जित अपरिहार्य रहेको धारणा सहभागीहरूले व्यक्त गरेका छन्।कार्यक्रममा नेकपा एमाले सुनकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चित्र सापकोटाले निर्वाचनमा केन्द्रित भई एमाले उम्मेदवारलाई विजयी गराउन सबैलाई एकजुट हुन आव्हान गर्नुभयो। उहाँले जनताको अपेक्षा पूरा गर्न सक्ने एकमात्र शक्ति नेकपा एमाले भएको बताउनुभयो।स्थानीय स्तरमा देखिएको जनसमर्थन र उत्साहले आगामी निर्वाचनमा नेकपा एमालेप्रति जनविश्वास अझ बलियो बन्दै गएको संकेत गरेको छ।

  • निशान परियार

    Related Posts

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न