सिन्धुपाल्चोक क्षेत्र नं. १ को विद्यार्थी परिचालन कमिटीद्वारा आयोजित एमालेको निर्वाचन केन्द्रित विद्यार्थी भेला सम्पन्न

नेकपा (एमाले) सिन्धुपाल्चोक क्षेत्र नं. १ को विद्यार्थी परिचालन कमिटीद्वारा आयोजित निर्वाचन केन्द्रित विद्यार्थी भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। भेला विद्यार्थी परिचालन समितिका संयोजक ईश्वर तिमल्सिना ज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य चरी बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

भेलामा उल्लेखनीय संख्यामा एमालेसमर्थित विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचनको महत्व तथा विद्यार्थीहरूको जिम्मेवारीका विषयमा धारणा राख्दै निर्वाचनमा संगठनात्मक रूपमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रमुख अतिथि चरी बहादुर तामाङले सम्बोधनका क्रममा विद्यार्थीहरू पार्टीको वैचारिक आधार र संगठनको महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै नेकपा (एमाले) को नीति, सिद्धान्त र नेतृत्वलाई बलियो बनाउन विद्यार्थी पंक्तिको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा सूर्यचिन्हमा मतदान गरी सरेश नेपाललाई विजयी गराउनु सबै विद्यार्थीको साझा दायित्व भएको स्पष्ट पार्नुभयो।

कार्यक्रमका अध्यक्ष ईश्वर तिमल्सिना ज्यूले विद्यार्थी परिचालन कमिटीले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम, मतदाता सचेतना अभियान तथा संगठन विस्तारका योजनाबारे जानकारी गराउँदै निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

भेलामा सहभागी विद्यार्थीहरूले आगामी निर्वाचनमा सूर्यचिन्हमा मतदान गरी सरेश नेपाललाई विजयी गराउने दृढ संकल्प व्यक्त गरेका छन्। कार्यक्रमले विद्यार्थीहरूबीच संगठनात्मक एकता, राजनीतिक चेतना र निर्वाचनप्रतिको उत्साहलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न