चौतारा सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका वडा नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार सरेश नेपाललाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। चुनावी माहोल तातेका बेला आयोजित घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।कार्यक्रममा स्थानीय नेता कमल गदालको नेतृत्वमा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। टोल–टोलमा पुगेको टोलीलाई नागरिकहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। घरदैलोका क्रममा उम्मेदवार नेपालले आफू निर्वाचित भएमा वडाको पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि प्रवर्द्धन तथा शिक्षा–स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।नेता गदालले वडाको समग्र विकासका लागि एमालेको जित आवश्यक रहेको बताउँदै मतदातासँग समर्थन मागे। उनले पार्टीको संगठन बलियो रहेको र जनताको साथ उल्लेखनीय रूपमा बढिरहेको दाबी गरे।स्थानीयबासीहरूले पनि विकास र सुशासनको अपेक्षा राख्दै उम्मेदवारप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको एमाले वडा कमिटीले जनाएको छ।
















