सुनकोशीमा कृषि कार्यक्रमको प्रभावकारी अनुगमन

चौतारा सिन्धुपाल्चोक।

सुनकोशी गाउँपालिका–७ मा सञ्चालन भइरहेका कृषि तथा पशुपन्छी सम्बन्धी कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्न स्थलगत अनुगमन गरिएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको सहजीकरणमा उक्त अनुगमन सम्पन्न गरिएको हो।

अनुगमनमा मन्त्रालयका माननीय मन्त्री मदनप्रसाद परियार प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँसँगै टपिन्द्र प्रसाद तिमल्सिना (अध्यक्ष, सुनकोशी गाउँपालिका) तथा वडा नम्बर ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सिना लगायत अन्य जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

उक्त अवसरमा वडा नम्बर ७ मा रहेको “उन्नति कुखुरापालन कृषक समूह” मा भान्चेप आयोजनाद्वारा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको प्रत्यक्ष अवलोकन गरिएको थियो। अनुगमनका क्रममा विशेषगरी तीन प्रमुख कार्यक्रमहरूमा ध्यान केन्द्रित गरिएको थियो:कुखुरापालन प्रवर्धन कार्यक्रम,कृषक पाठशाला कार्यक्रम,पूरक अनुदान कार्यक्रम

यी कार्यक्रमहरू मार्फत स्थानीय कृषकहरूलाई आधुनिक प्रविधिमा आधारित कुखुरापालनतर्फ आकर्षित गर्दै उनीहरूको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको बताइएको छ।

अनुगमनका क्रममा माननीय मन्त्री मदनप्रसाद परियार ले कृषकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कार्यक्रमको प्रभावकारिता, चुनौती तथा सम्भावनाका विषयमा जानकारी लिनुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना ले स्थानीय तहले कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले कृषकहरूको सीप विकास र उत्पादन वृद्धिमा यस्ता पहलहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष ईश्वर तिमल्सिना ले वडा स्तरमा कृषकहरूको सहभागिता र सक्रियता बढ्दै गएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको समग्र जानकारी पशु स्वास्थ्य प्राविधिक सबिना थापाले दिनुभएको थियो। उहाँका अनुसार भान्चेप आयोजनामार्फत सञ्चालन भइरहेका कार्यक्रमहरूले स्थानीय कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आत्मनिर्भरतातर्फ उन्मुख गरिरहेको छ।स्थलगत अनुगमनले कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा सुधारका सम्भावनाहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

। धन्यवाद 🙏

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोक खाडीचौर। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा ‘जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति’ को महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। वर्षायाम नजिकिँदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्,…

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    चौतारा, जेठ २८ गते । गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न