सुनकोशी गाउँपालिका मा स्थानीय शासन अभिमुखीकरण सम्पन्न

चौतारा सिन्धुपाल्चोक।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना ले गर्नुभएको थियो। अध्यक्ष तिमल्सिनाले स्थानीय शासन प्रणालीलाई सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सहभागीहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी ,वडा अध्यक्ष, वडा सचिव, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधिहरू लगायत सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिमुखीकरणका क्रममा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीका सूचक, मूल्याङ्कन प्रक्रिया तथा यसको प्रभावकारी कार्यान्वयनका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

उहाँले स्थानीय तहको सेवा प्रवाहलाई गुणस्तरीय, उत्तरदायी र परिणाममुखी बनाउन कार्यसम्पादन मूल्याङ्कन प्रणाली प्रभावकारी उपकरण बन्न सक्ने धारणा राख्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले कार्यसम्पादन सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

। धन्यवाद 🙏

  • निशान परियार

    Related Posts

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    ‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने

    सिन्धुपाल्चोक। अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न