आर्थिक समृद्धि, अवको यात्रा : भरत प्रसाद पराजुली

सिन्धुपाल्चोक।

सामाजिक अभियानबाट परिचित भरत प्रसाद पराजुली फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभयो । उहाँले २४ हजार ४१३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्रप्त गर्नुभयो । करिब ७ हजार ८६ मतान्तरले प्राप्त यो विजय केवल राजनीतिक उपलब्धि मात्र होइन, सामाजिक अभियानबाट जन्मिएको विश्वासको परिणाम पनि हो । सिन्धुपाल्चोकका पहाडी बस्तीहरूमा एक समय पानीको अभाव दैनिक जीवनकै ठूलो चुनौती थियो । घण्टौँ पैदल हिँडेर खोलाबाट पानी बोकेर ल्याउनु स्थानीयको बाध्यता जस्तै थियो । त्यही समयमा केही युवाहरूले गाउँमै समाधान खोज्ने प्रयास थाले । तीमध्ये अग्रपंक्तिमा हुनुहुन्थ्यो – भरत प्रसाद पराजुली ।पराजुलीको यात्रा राजनीतिबाट मात्र सुरु भएको होइन । उहाँ पहिले गाउँको आवश्यकता बुझ्ने सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्थ्यो । २०५५ सालतिर साबिकको मांखा गाविसको जोगीडाँडाबाट सुरु भएको खानेपानी योजनाले पहिलोपटक ६० भन्दा बढी घरधुरीमा धारा पु¥यायो । उहाँ साबिक मांखा गाविस तथा हाल बलेफी गाउँपालिका वडा नंम्वर ६ का स्थानीय समेत हुनुहुन्छ । स्थानीयहरूका लागि त्यो पानी मात्र होइन, जीवनको नयाँ सम्भावनाको ढोका थियो । त्यतिबेला गाउँमा सरकारी बजेट सीमित थियो । राज्यको उपस्थिति कमजोर देखिन्थ्यो । यस्तो अवस्थामा स्थानीय सहभागिता र गैरसरकारी पहलमार्फत पराजुलीले नेतृत्व गरेको अभियानले गाउँमा ठोस परिवर्तन ल्यायो । एकीकृत ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्चमार्फत करिब सात वर्षसम्म उहाँले सिन्धुपाल्चोकका विभिन्न बस्तीमा खानेपानी, सरसफाइ, साक्षरता र आयआर्जन कार्यक्रम सञ्चालन गरेको सम्झनुहुन्छ । मान्द्रा, पिस्करको जलजले, धुस्कुन, थुम्पाखर, चिलाउने, सिक्रे–मार्मिङ, नागपुजे र सिम्ले जस्ता गाउँहरूमा धारा पुगेपछि स्थानीय जीवन सहज बन्न पुगेको उहाँको स्मरणमा छ । स्थानीयहरू आज पनि त्यो अभियान सम्झन्छन् । खानेपानीको अभियानसँगै पराजुलीको ध्यान ऊर्जा क्षेत्रमा पनि केन्द्रित हुन थाल्यो । जलस्रोतमा धनी सिन्धुपाल्चोकको सम्भावनालाई उहाँले विकासको आधार मान्दै जलविद्युत क्षेत्रमा सक्रियता बढाउनुभयो । बलेफी करिडोर र जलविरे खोलामा निर्माण भइरहेका दुई ठूला जलविद्युत आयोजनाको उहाँले नेतृत्व गर्नुभएको छ । जुगल गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले अहिले सयौ स्थानीयलाई रोजगारी दिएको छ । पराजुलीका अनुसार विकासको वास्तविक अर्थ स्थानीयको सहभागिता हो । त्यसैले उहाँले स्थानीय बासिन्दालाई प्रमोटर सेयरमार्फत परियोजनामा साझेदार बनाउने योजना अघि बढाएको बताउनुभयो । “स्थानीयलाई सेयरधनी बनाउँदा मात्र विकासको प्रतिफल गाउँमै रहन्छ,” उहाँ भन्नुहुन्छ । लामो समय नेकपा एमालेसँग सम्बन्धित रहे पनि पराजुली सक्रिय राजनीतिक पदमा देखिनुभएन । उहाँ सामाजिक अभियान र विकास आयोजनामै केन्द्रित हुनुभयो । पछिल्ला वर्षहरूमा भने नागरिकहरूमा राजनीतिप्रति बढ्दो निराशा देखेपछि सक्रिय राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको बताउनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएपछि खुला रूपमा राजनीतिक भूमिकामा देखिदै सोही पार्टीबाट उम्मेदवार हुनुभयो र संसदीय यात्रा तय गर्नुभयो । उहाँको विचारमा राजनीति सेवा हो, पेशा होइन । “मेरो व्यवसाय संस्थागत भइसकेको छ,” उहाँ भन्नुहुन्छ, “अब समाजका लागि काम गर्न राजनीतिमा आएको हुँ ।” आर्थिक समृद्धि आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुहुन्छ । निर्वाचन अभियानका क्रममा पराजुलीले उठाएको मुख्य मुद्दा थियो — जनताको आर्थिक समृद्धि । उहाँका अनुसार सिन्धुपाल्चोकको विकासका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योगलाई सँगै अघि बढाउन आवश्यक छ । उहाँले कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनको बजारिकरण, विदेशमा रहेका नेपालीहरूको सीप र लगानी भित्र्र्याउने तथा धार्मिक पर्यटनको विकास गर्ने योजनाबारे सार्वजनिक रूपमा बताउनुभएको छ । त्यस्तै, केही समय सञ्चालनमा आएर २०३८ सालदेखि बन्द रहेको नेपाल ओरियण्ट म्याग्नेसाइड उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्ने लक्ष्य पनि उहाँले अघि सार्नुभएको छ । यो उद्योग एक समय एशियाकै ठूलो उद्योगमध्ये एक मानिन्थ्यो । यो निर्वाचनले जनविश्वासको नयाँ परीक्षा सुरु गरेको छ । सामाजिक अभियन्ताबाट जनप्रतिनिधि बन्नुभएका पराजुलीप्रति स्थानीयको अपेक्षा पनि उस्तै ठूलो छ । कुनै समय गाउँमा पानी पु¥याउने हातले अब जिल्लाको विकासलाई नयाँ दिशा दिन सक्छ कि सक्दैन भन्ने प्रश्न अहिले जनताको मनमा छ । तर पराजुली भने आशावादी हुनुहुन्छ । उहँका अनुसार समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि जनप्रतिनिधि, स्थानीय समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । “जनताको विश्वासलाई सम्मान गर्दै इमानदारी, पारदर्शिता र प्रतिबद्धताका साथ काम गर्नेछु,” उहाँ भन्नुहुन्छ ।

काकाकुल बस्तीमा पानीको धारा ल्याउने त्यो अभियानले अब अर्को यात्रा सुरु गरेको छ— आर्थिक समृद्धिको । स्थानीय पालिका बलेफी र जुगल गाउँपालिका ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो तथा विद्यालय पोषाक लगायतका सामाजिक अभियान निरन्तर रह्यो । अब हेर्न बाँकी छ, सामाजिक सेवाबाट सुरु भएको यो यात्रा संसदको नीति र योजनामार्फत कति टाढासम्म पुग्छ ।

  • निशान परियार

    Related Posts

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सिन्धुपाल्चोक खाडीचौर। नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न…

    नेपाली समाजकाे समाजिक मनाेविज्ञान कहिले हाेला परिवर्तन ???

    चौतारा सिन्धुपाल्चोक। मुक्ति समाज नेपाल बागमती प्रदेश कमिटीका अध्यक्ष नवीन घतानी भन्नुहुन्छ, नेपालमा दलित महिला – बालबालिकाहरू बलात्कार र यौन हिंसाको उच्च जोखिममा परिरहेका छन ! सामाजिक संरचनामा रहेको जातिय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न