मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भयको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभा हलमा सम्पन्न कार्यक्रम उद्घाटन र तालिम गरि दुई सत्रमा सन्चालन भयको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भयको हो सो सत्रमा सामुदायिक बन उपभोक्ता महासंघको संचालन र यस्ले वन व्यावस्थापन, यस भित्रको सुशासन, सामुदायिक वन उपभोक्ता समूह मैत्री निति निर्माण्मा खेलेको भूमिका र अन्य समसामयिक विषयमा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी र केन्द्रीय सचिव डिल्ली गिरीले प्रकाश पार्नुभयको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरिको सभाध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा सचिव रमा गिरिले स्वागत मन्तव्य राख्नुभयको थियो भने सह सचिव विष्णु ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।

यसैगरी दोश्रो सत्रमा प्रशिक्षक जनकराज गिरिले मौसम भनेको कुनै निश्चित ठाउँ र समयमा वायुमण्डलको अवस्था हो। जस्तै, घाम लागेको, पानी परेको, हावा चलेको, वा बादल लागेको जस्ता कुराहरु हुन भन्दै मौसम तथा जलवायु सूचना सेवा प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम दिनुभएको थियो। कार्यक्रममा जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय सदस्यहरु, जिल्ला महासंघका पदाधिकारीहरु, स्थानीय महासंघका अध्यक्ष तथा प्रतिनिधिहरु र सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

  • निशान परियार

    Related Posts

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर ‌। सुनकोशी गाउँपालिकामा शैक्षिक सत्र २०८१ अन्तर्गत कक्षा ५, ८, १० र १२ का उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रम भव्य रूपमा…

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न

    सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका, चैत १६, २०८२ — बालबालिकाको हक, हित, संरक्षण र समग्र विकासलाई केन्द्रमा राख्दै सुनकोशी गाउँपालिकामा एक महत्वपूर्ण पालिका स्तरीय पैरवी बैठक भव्य रूपमा सम्पन्न भएको छ। उक्त…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न