SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

सिन्धुपाल्चोक खाडीचौर।

नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट GPA हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभयो।त्यसैगरी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरित गर्नुभयो।

अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकालाई सकारात्मक वातावरण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलिले मन्तव्य राख्दै शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गर्नुभयो।लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो। कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए।

  • निशान परियार

    Related Posts

    आर्थिक समृद्धि, अवको यात्रा : भरत प्रसाद पराजुली

    सिन्धुपाल्चोक। सामाजिक अभियानबाट परिचित भरत प्रसाद पराजुली फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभयो । उहाँले २४ हजार ४१३ मतसहित विजयी…

    नेपाली समाजकाे समाजिक मनाेविज्ञान कहिले हाेला परिवर्तन ???

    चौतारा सिन्धुपाल्चोक। मुक्ति समाज नेपाल बागमती प्रदेश कमिटीका अध्यक्ष नवीन घतानी भन्नुहुन्छ, नेपालमा दलित महिला – बालबालिकाहरू बलात्कार र यौन हिंसाको उच्च जोखिममा परिरहेका छन ! सामाजिक संरचनामा रहेको जातिय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन