सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

सिन्धुपाल्चोक जिल्लाका एघार स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन् । बिहीबार सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएपछि जिल्लाले ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्त गरेको जनाइएको छ । बुधबार मात्रै सुनकोशी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको थियो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता, यसको दिगोपन तथा स्थानीय तहको भूमिकाका बारेमा विस्तृत छलफल र प्रतिबद्धता व्यक्त गरिएको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारि दिनुभयो । सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागितामा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारि दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्ण खोप सुनिश्चितता घोषणाको अवसरमा प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटा, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी किरण थापा र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार २३ महिनासम्मका ४५८ बालबालिकाले सबै प्रकारका खोप पूरा गरिसकेकाले चौतारा साँगाचोकगढीलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा सांसद सापकोटाले नेपालको १६ औं योजना अनुसार खोप र स्वास्थ्यलाई अनिवार्य तथा नैसर्गिक अधिकारका रूपमा लिइएकाले लक्ष्य हासिल गर्न नगरपालिका सक्रिय भएको भन्दै धन्यवाद दिनुभयो । जिल्लामा पाँचपोखरी थाङ्पाल गाउँपालिका बाहेक सबै स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

  • निशान परियार

    Related Posts

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न