चौतारा अस्पताल उत्कृष्ठ

चौतारा अस्पताल उत्कृष्ठ
चैत ९, चौतारा,

न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल उत्कृष्ठ भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट मंगलबार बुधबार भएको अनुगमनमा चौतारा अस्पतालले ८९% अंक प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालय का निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्ड का टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा को पाँच सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा छ सय ४७ वटा मापदण्ड मध्ये पाँच सय ७६ मापदण्डहरु जसमा सात सय ६१ नम्बर बाट छ सय ७८ नम्वर प्राप्त गरी देशभरमा नैै उत्कृष्ट नम्बर ल्याउन सफल भएको हो ।

मुल्याङ्कनको क्रममा अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा सय प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको उक्त टिमका प्रमुख नरेन्द्र कुमार झा ले समिक्षा कार्यक्रममा वताउनु भयो । चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुदै गएको भन्दै मुल्याङ्कन समितिका संयोजक समेत रहेका झाले बताउनु भयो ।
न्युनतम सेवा मापदण्ड को कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित श्रोत साधनको वावजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उहाँले अब बाकि रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी विशेष अतिथिमा रहनुभएका चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिक बाट हेरिरहेको बताउदै अस्पतालको बिकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो । थापाले अस्पतालको वारेमा वाहिरवाट आएका गुनासोहरुलाइ छोटो समयमा पुरागरी स्वास्थ्य सेवामा गरेको सुधारवारे प्रसंसा गदै सो कार्यमा लाग्नुहुने सवैलाइ धन्यवाद दिनुभयो ।
बिशेष अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगवाट संचालन गरी तत्काल ५० सैयामा स्तर उन्नतीका साथ देशको उत्कृष्ठ अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने वताउनुभयो ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडी वढ्ने प्रतिबद्धता जनाउनुभयो ।
अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठुलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र सय अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।
कार्यक्रममा अस्पतालवाट महिनामा उत्कृष्ठहुने कर्मचारीहरुलाइ सम्मान पत्र प्रदान गरीएको थियो मंसिर महिना – तामबहादुर श्रेष्ठ (कार्यायल सहयोगी), पौष महिना – विवेक श्रेष्ठ (सहायक कम्प्युटर अपरेटर), माघ महिना – डा. सुसान्त श्रेष्ठ (मेडिक अधिकृत), फागुन महिना – रन्जिता श्रेष्ठ (स्टाफ नर्स) टिकालाल श्रेष्ठ (कार्यालय सहयोगी) रहेका थिए भने अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरुलाई समेत सम्मान गरेको थियो जस्मा अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखा रहेको थियो ।

  • Related Posts

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक — बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा जनसंख्या तथा बसाइँसराइ सम्बन्धी कार्यक्रम अन्तर्गत पिछडिएको क्षेत्र…

    जिल्लामै पहिलो पोषणमैत्री वडा

    सिन्धुपाल्चोक खाडीचौर। सुनकोशी गाउँपालिका वडा नं. ७ मा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। यस घोषणासँगै वडा नं.…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन