सो प्लिज कम ब्याक है !


सरी !

म तपाईँलाई खुसी दिन पनि सक्दिन, म पनि खुसी हुन्न । त्यहीँ भएर अब हाम्रो प्रेमलाई यहीँ पूर्णविराम लगाऊँ।

यहीँ थियो उसको अन्तिम मेसेज । के बोल्ने मैले अब ? अल्पविराम त सोच्न न सक्ने म पूर्णविराम कसरी लगाऊँ ? आखिर कस्तो रहेछु म ? के गल्ती भयो होला र मबाट ? किन यसरी निर्दयी भएकी होली ऊ ? के साँच्चै उसको लायकको थिइन होला र म ? यस्ता अनेकौँ प्रश्नवाचक चिन्हको भुमरीमा फसेको छु म । आखिर यी प्रश्नको उत्तर के होला ? कसले देला मलाइ उत्तर ? बल्ल प्रेम शब्दको अर्थ बुझ्दैछु । पाउनु भन्दा गुमाउनु वास्तविक प्रेम भन्थे ,हो रहेछ।

उ मसँगै भएकी भए यस्तो प्रेमको मूल फुट्दैन थियो होला । मानव चोला नै यस्तो जुन चिज आफू सँग हुँदैन, त्यसकै बढी खोजी हुने । त्यहीँ कुराले मन पिरोल्ने । मैले आफ्नो अस्तित्व समाप्त गरे । लाग्दैन थियो म जस्तो हठी र जिद्दी मान्छे पनि यो प्रेमरूपी आगोले पगाल्छ भन्ने । ध्वस्त भए म,दनदनी दन्किरहेको आगोमा कागज जलेर नष्ट भए जसरी, मेरो मनको सबै भावना,इच्छा,आकाङ्क्षा यही प्रेम रुपी डढेलोमा पर्‍यो । उसको मेसेज नआए ननिदाउने म ,आज महिना दिन हुन लागिसक्यो कसरी निदाए होला म ? मनमा अनेकौँ सोच विचारहरू कुण्ठित बनाएर । 

वास्तविक प्रेमाभावको आभास भएको छ । सहर पुरै नयाँ वर्षको झिलिमिलीमा रम्न मस्त छ , मेरो मनलाई मात्र अन्धकार युक्त कालो बादलले छाएको छ।

उ के सोचेर टाढा भएकी होला ? साँच्चै म त्यस्तो खराब नै रहिछु र ? यदि म बैगुनी नै भए पनि उसले किन यति लामो समय लगाइ होला मलाई चिन्नलाई ? मैले त ऊसँग बोलेको केही महिनामा नै ठम्याइ सकेको थिए उसलाई , उ मेरो लागी पर्फेक्ट छे भन्ने । बाहिरी मुखौटो एउटा छ र भित्री वेदना अर्को । 

कसलाई के भनौँ, के सुनाऊ , जो मान्छे मसँगै हुँदा निकै खुसी हुन्थी, त्यसैले आज छोडेर गई, नाता तोडेर गई । हरेक कुराको अनुभव खोज्ने म , प्रेमको अनुभव निकै चोटिलो भयो ,सहनै न सक्ने । समय बित्दै गएपछि यादका सागरहरू किनारा लाग्छ भन्ने सोच्थे , तर यादका ती सागरले छाल बनेर तर्साइ रहेको छ , सम्झाइ रहेको छ , झकझकाइ रहेको छ । 

कसैको साथ चाहिँदैन अब , एकान्त नै प्यारो लाग्छ। मनमा अन्धकार छाएर होला , अन्धकार नै रुचाउन लागेको छु । जिस्की रहने चञ्चले स्वभावकी उ , उसको हाँसोले मनको एक कुनामा अड्डा जमाएर बसेको छ , निकाल्नै नसक्ने गरी। आफूलाई म भित्रै छाडेर कसरी बसेकी होला ? थोरै याद त आउला नि उसलाई पनि? कसरी सहेकी होला ? अब त यो दुरी अन्त्य गर्दे पनि हुने । महत्त्व घटेर महत्त्वहीन भएको छु म । आफ्नो अस्तित्व नाशेको छु ।

थाहा छैन कस्तो चिज रहेछ यो प्रेम , सारा संसार भुलेर एक तर्फ लागेको छु । मनको व्यथा पोख्न कहाँ जने होला ? कसलाई लाने होला ? मलाई थोरै बुझेको जस्तो गर्ने उ नै थिई । अब कसले बुझ्ला र मलाइ ? कोही छैन आफ्नो भन्नु । सबै कुरा खत्तम भयो ,बर्बाद भयो अन्त्य भयो । दिन त जसरी पनि काटिएला तर यो रातले दुख दियो । कति दिन भिजाउनु सिरानीलाई पनि ‌, दया र सिरानीको लागेको छ । अब हुँदैन म बाट यसरी, चल्दैन जिन्दगी । कसको दोष होला यहाँ , उसलाई माया गर्ने म कि ? मलाइ माया गर्ने ऊ ? प्लिज कम ब्याक है !

  • निशान परियार

    Related Posts

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सिन्धुपाल्चोक खाडीचौर। नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न…

    आर्थिक समृद्धि, अवको यात्रा : भरत प्रसाद पराजुली

    सिन्धुपाल्चोक। सामाजिक अभियानबाट परिचित भरत प्रसाद पराजुली फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभयो । उहाँले २४ हजार ४१३ मतसहित विजयी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न