शैक्षिक गुणस्तर सुधारको अभियानमा सेतिदेवी शारदा मा.वि

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित श्री सेतिदेवी शारदा माध्यमिक विद्यालय शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयासरत रहेको छ।कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल २७ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने करिब ३०० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा नियमित कक्षासँगै अतिरिक्त कक्षा सञ्चालन हुँदै आएको छ। विद्यार्थीको सिकाइ स्तर मापन गर्न मासिक तथा इकाई परीक्षा लिने व्यवस्था गरिएको छ। आन्तरिक परीक्षामा अपेक्षित नतिजा ल्याउन नसक्ने विद्यार्थीका लागि पूर्ण ग्रेड सुधार परीक्षा सञ्चालन गरिँदै आएको छ।

विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै तथा व्यवस्थित शौचालयको व्यवस्था गरिएको छ। जिल्लाकै उत्कृष्ट मानिने खेलमैदान, पौडी पोखरी तथा सुरक्षित विद्यालय बस सेवा विद्यालयका प्रमुख विशेषता हुन्। हाल विद्यालय बस सेवाबाट दैनिक ५० भन्दा बढी विद्यार्थी लाभान्वित भइरहेका छन्। आगामी शैक्षिक सत्रमा बस सेवालाई थप विस्तार गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक रविन्द्र ढकालले जानकारी दिनुभयो।

विद्यालयले विगतमा आयोजना हुँदै आएको राष्ट्रपति रनिङ शिल प्रतियोगिता तथा हाल सम्पन्न पालिका स्तरीय रनिङ शिल प्रतियोगितामा निरन्तर प्रथम स्थान हासिल गर्दै आएको छ। यसले विद्यालयको खेलकुद क्षेत्रमा रहेको उपलब्धि र विद्यार्थीको मेहनतलाई स्पष्ट रूपमा देखाउँछ। साथै, बिहानको प्रार्थना सभामा विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिँदै आएको छ।

विद्यालयमा ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालय परिसरमा स्थापना गरिएको हरित बाल उद्यानले वातावरणीय स्वच्छता कायम गर्न सहयोग पुर्‍याएको छ। उक्त उद्यानको उद्घाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना ज्यूले गर्नुभएको थियो

विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम आयोजना गरिन्छ। यस कार्यक्रममार्फत शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरिँदै आएको छ। यसले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकास गर्न सहयोग पुर्‍याएको छ।

यसरी, शैक्षिक सुधार, विद्यार्थीमैत्री सुविधा, खेलकुदमा सफलता र वातावरणीय चेतनालाई सँगसँगै अघि बढाउँदै आएको सेतिदेवी शारदा माध्यमिक विद्यालय सुनकोशी गाउँपालिकाको एक महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ।

  • निशान परियार

    Related Posts

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन