मुक्ति समाज नेपालद्वारा ‘सरेश नेपाल जिताऔँ’ अभियानको शुभारम्भ

चौतारा सिन्धुपाल्चोक।

मुक्ति समाज नेपाल सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै “सरेश नेपाल जिताऔँ” अभियान औपचारिक रूपमा सुरु गरेको छ। अभियानको पहिलो चरण अन्तर्गत बलेफी गाउँपालिका वडा नम्बर १ पहिरेबाट घरदैलो कार्यक्रम प्रारम्भ गरिएको हो।घरदैलो अभियानको नेतृत्व पार्टी महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा मुक्ति समाज प्रदेश कमिटी अध्यक्ष नवीन घतानीले गरेका छन्। उनीसँगै प्रदेश सचिवालय सदस्यद्वय चन्द्रावती नेपाली र लक्ष्मी लामिघाते साथै मुक्ति समाज जिल्ला कोषाध्यक्ष झलक रोक्का लगायतका नेताहरूको सहभागिता रहेको थियो। टोलीले पहिरे क्षेत्रका विभिन्न बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, संवाद र अन्तरक्रिया गरेको थियो।अभियान विशेषगरी दलित समुदायलाई लक्षित गरी सञ्चालन गरिएको आयोजकले बताएका छन्। घरदैलोका क्रममा नेताहरूले सामाजिक न्याय, समान अवसर, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासका विषयमा एमालेका प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए। उनीहरूले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरेश नेपाललाई विजयी गराई समावेशी विकास र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न आह्वान गरेका छन्। भेटघाटमा सम्बोधन गर्दै नवीन घतानीले जनवर्गीय संगठनमार्फत सुरु गरिएको यो पहिलो औपचारिक घरदैलो अभियान भएको उल्लेख गरे। उनले दलित समुदायका हक–अधिकार सुनिश्चित गर्न राजनीतिक नेतृत्व निर्णायक हुने बताउँदै, आगामी निर्वाचन परिवर्तनको अवसर भएको धारणा व्यक्त गरे। “अबको नेतृत्व सामाजिक रूपान्तरण र आर्थिक सशक्तीकरणतर्फ उन्मुख हुनुपर्छ,” उनले भने।प्रदेश सचिवालय सदस्य चन्द्रावती नेपाली र लक्ष्मी लामिघातेले पनि स्थानीय समुदायसँग नजिकिएर उनीहरूको अपेक्षा र समस्याहरू प्रत्यक्ष सुन्ने उद्देश्यले अभियान सुरु गरिएको स्पष्ट पारे। उनीहरूले दलित समुदायको सम्मान, सुरक्षा र समुन्नतिका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

घर दैलो अभियानका क्रममा स्थानीयवासीहरूले समेत आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए। उनीहरूले शिक्षा, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत आवश्यकतामा ध्यान दिन आग्रह गरेका छन्। अभियान टोलीले ती विषयलाई प्राथमिकतामा राखी नीतिगत रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।मुक्ति समाजले जनाएको छ कि आगामी दिनहरूमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का विभिन्न वडा तथा बस्तीहरूमा निरन्तर घरदैलो, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। संगठनका अनुसार जनवर्गीय संगठनमार्फत सुरु गरिएको यो अभियानले निर्वाचनमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सिन्धुपाल्चोक खाडीचौर। नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन