पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सिन्धुपाल्चोक।

ChildFund Japan र टुकी संघ सुनकोशी को सहयोग तथा सुनकोशी गाउँपालिका को समन्वयमा सञ्चालन भइरहेको “विद्यालयमा लैङ्गिक समानता र सुरक्षा प्रवर्धन परियोजना” सम्बन्धी प्रगति विवरण प्रस्तुत गर्न पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

उक्त बैठक सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू तथा वडा सचिवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले परियोजनाको समग्र प्रगति, उपलब्धि तथा आगामी कार्यदिशा सम्बन्धी विषयहरूमा गहन छलफल गरेको थियो।बैठकका क्रममा संस्थाद्वारा सञ्चालित विभिन्न गतिविधिहरूको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनमा विद्यालय स्तरमा लैङ्गिक समानता प्रवर्धन, बालबालिकाको सुरक्षा सुदृढीकरण, सचेतना अभिवृद्धि, क्षमता विकास कार्यक्रमहरू लगायतका क्रियाकलापहरूको प्रभावकारिता उल्लेख गरिएको थियो। साथै, परियोजनाबाट हासिल भएका सिकाइ उपलब्धिहरू, देखिएका चुनौतीहरू तथा ती चुनौतीहरू समाधान गर्न आवश्यक रणनीतिहरू पनि प्रतिवेदनमा समावेश गरिएका थिए।कार्यक्रमका सहभागीहरूले परियोजनाले विद्यालय र समुदाय स्तरमा ल्याएको सकारात्मक परिवर्तनको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझावहरू दिएका थिए। विशेषगरी बालबालिकाको अधिकार संरक्षण, लैङ्गिक विभेद न्यूनीकरण तथा सुरक्षित सिकाइ वातावरण निर्माणमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको थियो।टुकी संघ सुनकोशी द्वारा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस परियोजनाले समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै विद्यालयहरूमा सुरक्षित र समावेशी वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। परियोजनालाई अझ दिगो र प्रभावकारी बनाउन स्थानीय तहको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेकोमा बैठकले जोड दिएको थियो।

अन्त्यमा, अध्यक्ष तिमल्सिना ज्यूले परियोजनाले ल्याएको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढाउन सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकले आगामी कार्ययोजना तयार पार्दै परियोजनालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न