सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक।

प्रदेश सूचना पुनरावेदन समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा सूचनाको हक प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननीय शिवराज अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा सम्पन्न भएको छ।कार्यक्रममा नागरिकको सूचना पहुँच र पारदर्शिता सुनिश्चित गर्नका लागि विभिन्न पहलहरूबारे गहन छलफल भएको थियो। कार्यक्रममा उच्च निकायका प्रहरीहरू समेत उपस्थित थिए र उनले कानूनको दायराभित्र सूचना प्रवाह सुनिश्चित गर्ने, सुरक्षा र गोपनीयतालाई कायम राख्दै नागरिकको अधिकार संरक्षण गर्ने उपायहरूमा आफ्नो दृष्टिकोण राखेका थिए।

कार्यक्रममा विशेष उपस्थिति स्वरुप सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहका वडा सचिवहरू, गाउँपालिका तथा नगरपालिकाका सूचना अधिकारीहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू समेत सहभागी थिए। सहभागीहरूले सूचना प्रवर्धन, सरकारी निर्णय र सेवाप्रति नागरिकको पहुँच सुधार्ने, तथा सार्वजनिक जानकारी सबैका लागि पहुँचयोग्य बनाउने उपायहरूमा विचार विमर्श गरेका छन्।कार्यक्रमको अन्त्यमा मन्त्री शिवराज अधिकारीले सूचना प्रवर्धनको महत्व, पारदर्शिता र जवाफदेहिता कायम राख्ने विषयमा जोड दिँदै सबै निकाय र स्थानीय तहलाई नागरिकको अधिकार सुनिश्चित गर्न सक्रिय रहन आग्रह गरे। यस अन्तरक्रियाले बागमती प्रदेशमा सूचना प्रवर्धन र सरकारी निकाय तथा स्थानीय तहबीच सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न