बालमैत्री समाज निर्माणतर्फ सुनकोशी–६ को अग्रसरता : व्यवसायीको प्रतिबद्धतासहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक।

सुनकोशी गाउँपालिका–६ मा बालमैत्री समाज निर्माणतर्फ महत्वपूर्ण पहल गरिएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ६ थुम्पाखरस्थित वडा बाल अधिकार समितिको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ व्यवसायी तथ्याङ्क संकलन तथा सामुदायिक स्तरको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना उपस्थित रहनुभएको थियो। यस्तै, उपाध्यक्ष कान्छी लामा विशेष अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, संघ–संस्थाका प्रतिनिधिहरू र स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा वडाध्यक्ष बस्नेतले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे जानकारी गराउनुभएको थियो।वक्ताहरूमा शिविस संस्थाका जिल्ला परियोजना अधिकृत कृष्णप्रसाद पराजुली, वडा शिक्षा समिति सदस्य मिम योन्जन, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी, उपाध्यक्ष कान्छी लामा तथा अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना लगायतले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण र स्थानीय तहको भूमिकाबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन बालमैत्री स्थानीय शासन समिति सदस्य विचारीप्रसाद प्याकुरेलले गर्नुभएको थियो।कार्यक्रमको मुख्य आकर्षणका रूपमा १८ वर्ष मुनिका बालबालिकाहरूलाई मद्यपान, धुम्रपान तथा सुर्तीजन्य पदार्थको खरिद–बिक्री तथा ओसारपसार नगर्ने/नगराउने विषयमा स्थानीय व्यवसायीहरूले सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए। यसले बालबालिकाको संरक्षण तथा स्वस्थ वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको छ।कार्यक्रमको समापन अध्यक्ष चक्रबहादुर बस्नेतले गर्नुभएको थियो। उक्त कार्यक्रमले सुनकोशी गाउँपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको विश्वास लिइएको छ।

  • निशान परियार

    Related Posts

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    ५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन