चौतारा सिन्धुपाल्चोक ।
बाल्टिमोर (अमेरिका), असार — अमेरिकामा रहेका नेपाली लोक तथा दोहोरी कलाकारहरूलाई एकताबद्ध गर्दै नेपाली लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अमेरिकाको प्रथम अधिवेशन आगामी जुन २८ मा अमेरिकाको Baltimore मा आयोजना हुने भएको छ।
अधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक संस्थाका सदस्य Navaraj Timilsina ले जानकारी दिनुभयो। उहाँका अनुसार अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्दै आएका नेपाली लोक तथा दोहोरी कलाकार, स्रष्टा तथा सांस्कृतिक अभियन्ताहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने लक्ष्यका साथ अधिवेशन आयोजना गर्न लागिएको हो।अधिवेशनमा संस्थाको भावी कार्ययोजना, संगठन विस्तार तथा नेपाली लोक संस्कृतिको प्रवर्द्धनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै नेपाली कला, साहित्य र लोक संस्कृतिमा योगदान पुर्याएका स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ।कार्यक्रमको आकर्षणका रूपमा विशेष सांस्कृतिक साँझको आयोजना गरिनेछ, जहाँ अमेरिकामा रहेका नेपाली कलाकारहरूले लोक तथा दोहोरी गीत–संगीत प्रस्तुत गर्नेछन्।
आयोजकले अमेरिकाभर रहेका नेपाली कलाकार, शुभेच्छुक तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अमेरिकाले प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोक संगीतको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यसहित आफ्नो गतिविधि विस्तार गर्दै आएको छ। प्रथम अधिवेशनले संस्थाको आगामी यात्रालाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास आयोजकहरूको रहेको छ।



