सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–४ अन्तर्गत अतर्पूरस्थित एक बस्तीका दर्जनौं स्थानीयवासीले नेकपा त्याग गर्दै नेकपा (एमाले) मा सामूहिक रूपमा आवद्ध भएका छन्।विशेष कार्यक्रमको आयोजना गरी नवआगन्तुकहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरेश नेपाल तथा निर्वाचन परिचालन समितिका संयोजक कमल नेपाललगायतका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवप्रवेशीलाई टीका–माला लगाई पार्टीमा स्वागत गरेका थिए।

विशेष कार्यक्रमको आयोजना गरी नवआगन्तुकहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरेश नेपाल तथा निर्वाचन परिचालन समितिका संयोजक कमल नेपाललगायतका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवप्रवेशीलाई टीका–माला लगाई पार्टीमा स्वागत गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरेश नेपालले जनताको विकास आकांक्षालाई पूरा गर्न एमाले प्रतिबद्ध रहेको बताए। उनले सडक पूर्वाधार, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखिने उल्लेख गरे। साथै, पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत समग्र वडाको दिगो विकास गरिने धारणा व्यक्त गरे।निर्वाचन परिचालन समितिका संयोजक कमल नेपालले पछिल्लो समय स्थानीय तहमा एमालेप्रति आकर्षण बढ्दै गएको दाबी गर्दै संगठनलाई अझ सशक्त बनाइने बताए। उनले स्थायित्व र सक्षम नेतृत्व आजको आवश्यकता भएको उल्लेख गरे।नवप्रवेशीहरूले विगतमा अपेक्षा अनुरूप विकास नभएको अनुभव सुनाउँदै अब समृद्धि, सुशासन र प्रभावकारी सेवा प्रवाहको पक्षमा उभिने निर्णय गरेको बताएका छन्।









