जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

सिन्धुपाल्चोक चौतारा।

सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको हो।

समितिको अध्यक्षमा चन्द्र सापकोटा तथा उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। नवगठित समितिमा विभिन्न क्षेत्रबाट सक्रिय तथा शिक्षाप्रति चासो राख्ने व्यक्तित्वहरूलाई समेटिएको बताइएको छ।त्यसैगरी समितिको सदस्यहरूमा सुबोध राउत, अम्बिका नेपाल, सुनिल खत्री, प्रकाश थापा, कुश थापा, चन्द्र प्रसाद काफ्ले तथा कुबेर थापा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।भेलामा सहभागी वक्ताहरूले क्यामपसलाई आगामी दिनमा अझ व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री शैक्षिक संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नयाँ नेतृत्वले क्यामपसको शैक्षिक गुणस्तर अभिवृद्धि, आवश्यक पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।नवनिर्वाचित अध्यक्ष चन्द्र सापकोटा ले क्यामपसको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण तथा समुदायको भरोसालाई अझ मजबुत बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो।

त्यस्तै उपाध्यक्ष अमृत थापा ले क्यामपसलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाउने लक्ष्यसहित नयाँ समिति सक्रिय भएर काम गर्ने धारणा राख्नुभयो।स्थानीय अभिभावक, बुद्धिजीवी तथा सरोकारवालाहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्यामपसको उन्नति र शैक्षिक प्रगतिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेका छन्।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी