सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

सिन्धुपाल्चोक चौतारा।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टरको संयुक्त आयोजनामा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको समुदाय विपद् स्वयंसेवक तालिम आजबाट औपचारिक रूपमा सुरु भएको छ। स्थानीय तहमा सम्भावित प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनाहरूको प्रभावकारी रूपमा सामना गर्न सक्षम जनशक्ति तयार पार्ने लक्ष्यसहित उक्त तालिम सञ्चालनमा ल्याइएको हो।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहनुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै विपद् व्यवस्थापनमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालिमहरूले स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा सुनकोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष कान्छी लामा, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उद्घाटन समारोहमा सुनकोशी गाउँपालिका वडा नं. १ देखि ७ सम्मका वडा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै विभिन्न वडाबाट छनोट भई आएका स्वयंसेवकहरू, गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी स्वयंसेवकहरूले तालिमप्रति उत्साहजनक चासो देखाउँदै सक्रिय सहभागिता जनाएका थिए।तालिमको पहिलो दिन सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सन्तोष परियारको नेतृत्वमा सञ्चालन गरिएको थियो। पहिलो दिन विपद् के हो, यसको प्रकार, कारण तथा प्रभावहरूका बारेमा आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै विपद् पूर्वतयारी र सचेतनाका विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

उक्त तालिम आगामी १० दिनसम्म सञ्चालन हुने बताइएको छ। तालिम अवधिभर सहभागीहरूलाई खोज तथा उद्धार, प्राथमिक उपचार, राहत व्यवस्थापन, समन्वय र सूचना प्रवाह लगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।आयोजकका अनुसार यस तालिमले स्थानीय स्तरमा दक्ष स्वयंसेवक तयार गरी विपद्का समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • निशान परियार

    Related Posts

    बसन्तेश्वर शान्ति गोरक्षधाम मन्दिर समुद्घाटन सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। गोरखनाथ कल्याण केन्द्र नेपालद्वारा निर्माण सम्पन्न बसन्तेश्वर शान्ति गोरक्षधाम मन्दिरको समुद्घाटन समारोह भव्य तथा धार्मिक माहोलबीच सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा श्रद्धालु…

    चौतारा–२ भोटे फुल्पिङ्गमा २० दिने तालिम सम्पन्न, १५ जनाको सहभागिता

    सिन्धुपाल्चोकको चौतारा–२ स्थित भोटे फुल्पिङ्गमा २० दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बाक्लो तामाङ्ग बस्ती रहेको उक्त क्षेत्रमा सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागिता रहेको थियो। प्रशिक्षक शान्ति थिङगको सहजीकरणमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण