मकैको खोस्टाबाट घरायसी सामान बनाउने तालिमको शुभारम्भ

२०८२/०९/२० सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा बलेफी गाउँपालिका–६ मा मकैको खोस्टाबाट घरायसी सामान बनाउने तालिमको शुभारम्भ गरिएको छ। स्थानीय स्रोतसाधनको उपयोग गर्दै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बलेफी गाउँपालिका–६ का वडा अध्यक्ष तेजबहादुर पराजुली को प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने पत्रकार विदुर आचार्यले सहजीकरण गर्नुभएको थियो।तालिममार्फत सहभागीहरूलाई मकैको खोस्टा जस्ता स्थानीय कच्चा पदार्थ प्रयोग गरी विभिन्न घरायसी सामग्री निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिने बताइएको छ। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आयआर्जनका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने वडा कार्यालयलगायत सम्पूर्ण सरोकारवाला निकायप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण