समानुपातिक मतगणना सकियो, रास्वपा दुई तिहाइ पुग्न सकेन

चौतारा सिन्धुपाल्चोक।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना पूर्णरूपमा सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा–१ र इलाम–१ को मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ पनि सबै मत गणना पूरा भएको हो।

उनका अनुसार मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा आधिकारिक विवरण आउने क्रम भने अझै जारी छ। आयोगले अब दलहरूले प्राप्त गरेको मतका आधारमा समानुपातिक सिट बाँडफाँटको प्रक्रिया अघि बढाएको जनाएको छ। केही दिनभित्र यो प्रक्रिया टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार दुई सय ३५ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ।

त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ मत पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४ मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीको मत आठ लाख पाँच हजार सात सय ७३ पुगेको छ। श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत पाएका छन्। अन्य दल भने आवश्यक मतसीमा पार गर्ने अवस्थामा देखिएका छैनन्।

मत परिणामका आधारमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट पाउने निश्चित भएको छ। यी सबै दलले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि कम्तीमा एक सिट जितेकाले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्था बनेको छ।समानुपातिक मतका आधारमा सिट बाँडफाँट गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाउने देखिएको छ। त्यसैगरी नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।

प्रत्यक्षतर्फ जितेको सिट जोड्दा रास्वपाको कुल सिट संख्या १८२ पुग्ने देखिएको छ। यो संख्या प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि आवश्यक सिटभन्दा दुई सिट कम हो।

धन्यवाद 🙏

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोक–१ मा एमालेको भव्य घरदैलो अभियान, हजारौंको सहभागितासँग जित सुनिश्चित भएको दाबी

    चौतारा सिन्धुपाल्चोक। ने.क.पा (एमाले) ले सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत बजार क्षेत्रमा सञ्चालन गरेको मतदाता भेटघाट तथा घरदैलो अभियान भव्य रूपमा सम्पन्न भएको छ। हजारौं स्थानीय मतदाताको उत्साहजनक सहभागिताले बजार…

    फागुन २१ को निर्वाचनमा केन्द्रित एमालेको घरदैलो, त्रिपुरा सुन्दरीमा बढ्यो चुनावी माहोल

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका मा नेकपा एमाले ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पालिका स्तरीय घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई केन्द्रित गर्दै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन