सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपत्मा उद्धार प्रदर्शन गरेका हुन् ।
मनसुनजन्य विपत्को हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व पूर्वभ्यास गरिएको हो । सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटना अभ्यास भएको हो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ ।
सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपत् ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहकार्यमा भएको अभ्यासमा नेपाल रेडक्रस सोसाईटी, स्वास्थय कार्यालय र चौतारा नगरपालिका स्वास्थ्य शाखाले अभ्यासको क्रममा उद्धार गरिएका घाईतेहरुलाई प्राथमिक उपचार तथा अस्पताल सम्म पु¥याउने अभ्यासमा सक्रिय देखिएका थिए ।
विपत्ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व नै पूर्ण रुपमा पूर्व तयारीका काम भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ बताउनुहुन्छ । विपत् पूर्वानुमा तथा प्रतिकार्य योजनामा जिल्ला विपत् ब्यवस्थापन समितिले चरणवद्ध कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारि दिनुभयो । कृतिम घटना अभ्यास कार्यक्रममा विपत्मा सही सूचना प्रदान गर्न, विपत् निम्तने विकासका काम रोक्न पर्ने नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्यले धारणा राख्नुभयो । साथै स्थानीय विपत् ब्यवस्थापनलाई थप प्रभावकारी वनाई स्थानीय आपतकालिन संचालन केन्द्र संचालनमा जोड दिन उहाँको आग्रह थियो । कार्यक्रममा विकासको मापदण्ड अवलम्वन तथा अनुगमनमा जोड दिने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

  • Related Posts

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    सिन्धुपाल्चोक चौतारा सुनकोशी गाउँपालिका वडा नं. ३ स्थित उखुबारीमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय (हेटौँडा, मकवानपुर) को आयोजना र…

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    सिन्धुपाल्चोक चौतारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण