सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी 

काठमाडौँ । अभिभावक र विद्यार्थीहरूले भरिभराउ विद्यालय प्राङ्गण,सांस्कृतिक नृत्य प्रस्तुतिका लागि विभिन्न भेषभुषामा तम्तयार विद्यार्थीहरू,अभिभावकसँग लुट्पुटिरहेका केही थान साना विद्यार्थीहरू । 

कुशे औँशीको पूर्व सन्ध्यामा शनिवार मध्य दिउँसो काठमाडौँको थलीस्थित दिव्य श्री एकेडेमीमा देखिएको दृश्य हो यो ।

आफ्ना छोराछोरीको प्रस्तुतिको पालो कुरिरहेका अभिभावक निकै चाखपूर्ण ढङ्गले प्रस्तुतिहरू नियालिरहेका थिए । 

कुशे औंशी र तीज विशेष सांस्कृतिक कार्यक्रममा पर्वसंगति गीतहरूमा विद्यार्थीहरूले आफ्नो दमदार नृत्य प्रस्तुत गरे । साना कक्षामा पढ्ने विद्यार्थीहरूले कुशे औंशी  र तीजको अवसरमा शुभकामना सन्देश सुनाए ।

व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको दिव्य श्री एकेडेमीले संस्कार शिक्षालाई पनि अग्रणी गरेको छ ।

विभिन्न चाड,पर्वको अवसरमा कार्यक्रमहरू गर्दै विद्यार्थीहरूलाई पर्वअनुसारको संस्कार सिकाइरहेको छ ।

शनिवार अभिभावकहरूलाई बोलाएर विद्यालयले कुशे औँशी (बुवाको मुख हेर्ने दिन) मनाएको छ । आ-आफ्ना अभिभावकलाई मिठाइ र खादा लगाएर सम्मान गरेको छ ।

विद्यालयले अभिभावकहरूको मनोरञ्जनका लागि महिला अभिभावकलाई रोटी बेल्ने र पुरुष अभिभावकहरूलाई म्युजिकल चियर कार्यक्रम आयोजना समेत गरेको थियो । 

संस्कार विनाको शिक्षा व्यर्थ शिक्षा रहेको दिव्य श्री एकेडेमीका निर्देशक कमल चौहान बताउँछन् । उनी व्यवहारिक ज्ञानसहितको संस्कार शिक्षा दिव्य श्री एकेडेमीको पहिलो प्राथमिकता रहेको बताउँछन् ।

अभिभावकहरूसँग उनी भन्छन्,’हामीलाई एउटा बच्चा दिनुहोस्,हामी देशको असल नागरिक उत्पादन गर्छौँ ।’ 

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी नगरपालिकाकी उपप्रमुख शान्ता थापाले विद्यार्थीहरूको प्रस्तुतिले आफू हर्षित भएको बताइन् । विद्यालयको गतिविधिले असल विद्यार्थी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरिन् । 

कुशे औँशी,हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै अभिभावकहरूले पनि असल संस्कार दिनुपर्नेमा जोड दिइन् । 

विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौलागाईं पर्वहरूले आम नेपालीहरूलाई एकआपसमा जोड्ने बताउँछन् । पर्वहरूको ज्ञान र संस्कार मासिँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

नयाँ पीढीलाई असल संस्कारबाट देशको परिवर्तन अवश्यम्भावी रहेको उनको बुझाइ छ ।  

  • विदुर आचार्य

    विदुर आचार्य प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका अध्यक्ष हुनुहुन्छ ।

    Related Posts

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ । असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा…

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

    सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

    भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

    सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    • By admin
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 192 views

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु