सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी 

काठमाडौँ । अभिभावक र विद्यार्थीहरूले भरिभराउ विद्यालय प्राङ्गण,सांस्कृतिक नृत्य प्रस्तुतिका लागि विभिन्न भेषभुषामा तम्तयार विद्यार्थीहरू,अभिभावकसँग लुट्पुटिरहेका केही थान साना विद्यार्थीहरू । 

कुशे औँशीको पूर्व सन्ध्यामा शनिवार मध्य दिउँसो काठमाडौँको थलीस्थित दिव्य श्री एकेडेमीमा देखिएको दृश्य हो यो ।

आफ्ना छोराछोरीको प्रस्तुतिको पालो कुरिरहेका अभिभावक निकै चाखपूर्ण ढङ्गले प्रस्तुतिहरू नियालिरहेका थिए । 

कुशे औंशी र तीज विशेष सांस्कृतिक कार्यक्रममा पर्वसंगति गीतहरूमा विद्यार्थीहरूले आफ्नो दमदार नृत्य प्रस्तुत गरे । साना कक्षामा पढ्ने विद्यार्थीहरूले कुशे औंशी  र तीजको अवसरमा शुभकामना सन्देश सुनाए ।

व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको दिव्य श्री एकेडेमीले संस्कार शिक्षालाई पनि अग्रणी गरेको छ ।

विभिन्न चाड,पर्वको अवसरमा कार्यक्रमहरू गर्दै विद्यार्थीहरूलाई पर्वअनुसारको संस्कार सिकाइरहेको छ ।

शनिवार अभिभावकहरूलाई बोलाएर विद्यालयले कुशे औँशी (बुवाको मुख हेर्ने दिन) मनाएको छ । आ-आफ्ना अभिभावकलाई मिठाइ र खादा लगाएर सम्मान गरेको छ ।

विद्यालयले अभिभावकहरूको मनोरञ्जनका लागि महिला अभिभावकलाई रोटी बेल्ने र पुरुष अभिभावकहरूलाई म्युजिकल चियर कार्यक्रम आयोजना समेत गरेको थियो । 

संस्कार विनाको शिक्षा व्यर्थ शिक्षा रहेको दिव्य श्री एकेडेमीका निर्देशक कमल चौहान बताउँछन् । उनी व्यवहारिक ज्ञानसहितको संस्कार शिक्षा दिव्य श्री एकेडेमीको पहिलो प्राथमिकता रहेको बताउँछन् ।

अभिभावकहरूसँग उनी भन्छन्,’हामीलाई एउटा बच्चा दिनुहोस्,हामी देशको असल नागरिक उत्पादन गर्छौँ ।’ 

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी नगरपालिकाकी उपप्रमुख शान्ता थापाले विद्यार्थीहरूको प्रस्तुतिले आफू हर्षित भएको बताइन् । विद्यालयको गतिविधिले असल विद्यार्थी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरिन् । 

कुशे औँशी,हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै अभिभावकहरूले पनि असल संस्कार दिनुपर्नेमा जोड दिइन् । 

विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौलागाईं पर्वहरूले आम नेपालीहरूलाई एकआपसमा जोड्ने बताउँछन् । पर्वहरूको ज्ञान र संस्कार मासिँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

नयाँ पीढीलाई असल संस्कारबाट देशको परिवर्तन अवश्यम्भावी रहेको उनको बुझाइ छ ।  

  • निशान परियार

    Related Posts

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सिन्धुपाल्चोक चौतारा। नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी