वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

  • adminadmin
  • समाचार
  • २०८२ असार ६, शुक्रबार १३:३४ गते
  • 0 Comments


बलेफी गाउँपालिका वडा नं. ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको समीक्षा गरिनुको साथै स्थानीय आवश्यकता र विकासका सम्भाव्य क्षेत्रहरूबारे गम्भीर छलफल गरिएको थियो ।

वडाध्यक्ष तेजबहादुर पराजुलीका अनुसार विभिन्न पेशा, व्यवसाय र अध्ययन लगायतका कारणले काठमाडौंमा बसोबास गरिरहेका वडावासीहरूसँग प्रत्यक्ष संवादमार्फत राय, सुझाव र सरोकार संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । “स्थानीयस्तरमा योजनाको प्राथमिकता निर्धारणमा यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने देखिएको छ,” उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय निर्वाचन पश्चात भएका कामको समिक्षा समेत भएको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्वाधार विकास, सामाजिक रूपान्तरण, व्यवसायिक उन्नयन, कृषि तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, होमस्टे सञ्चालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा स्थानीय सरकारको सक्रियता बढाउनुपर्ने आवाज उठाइएको थियो ।

व्यवसायी तथा समाजसेवी भरत पराजुलीले स्थानीय विकासमा सरकारले मात्र नभई नागरिकहरू स्वयं पनि सकृय हुनु पर्नेमा जोड दिनुभयो । निरन्तर संवाद र सहकार्यद्वारा योजना छनोट तथा कार्यान्वयन प्रभावकारी हुने भन्दै आगामी दिनमा यस्ता साझा कार्यक्रम नियमित गर्नुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन् ।

कार्यक्रममा रामकृष्ण पराजुली, गणेश तिमल्सिना, राजु चौलागाई, दिनेश दिक्षित, शुकुलाल तामाङलगायतले विकासका विभिन्न पक्षमा सुझाव प्रस्तुत तथा सहयोग र सहकार्यको प्रस्ताव राख्नुभयो । साथै, राजु चौलागाईमार्फत जालवारी आधारभूत स्वास्थ्य केन्द्र र सातकन्या आधारभूत विद्यालयलाई एक–एक थान ल्यापटप पनि हस्तान्तरण गरिएको थियो ।

सञ्चारकर्मी विदुर आचार्यले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरूले वडाध्यक्ष पराजुलीको सबैको सहभागिता सुनिश्चित गर्न गरिएको प्रयासको प्रशंसा गरेका थिए । अध्यक्ष पराजुलीले संकलित सुझावहरूलाई आगामी योजनाहरूमा समावेश गरी स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

  • Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण