सीमा सुरक्षा र आपतकालीन तयारी सुदृढीकरणमा सक्रियता

सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा र आन्तरिक शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियान अन्तर्गत कात्तिक १८ गते भोटेकोशी गाउँपालिका वडा नंमवर–२ मा सीमा सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कात्तिक १९ गते सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा भिड नियन्त्रण तथा निशेधआज्ञा कार्यान्वयनसम्बन्धी अभ्यास प्रदर्शन गरेका हुन् । भोटेकोशीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सीमा सुरक्षाको महत्व र सामुदायिक सहभागिताको आवश्यकता औंल्याउँदै सीमावर्ती जनसमुदायसँग सहकार्य र विश्वासका सम्बन्ध बलियो बनाउने सशस्त्र प्रहरी बलको नीति स्पष्ट पार्नुभयो । स्थानीय जनप्रतिनिधि, भन्सार, अध्यागमन, नेपाल प्रहरी, सञ्चारकर्मी र समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागितामा सीमा सुरक्षा र आपतकालीन तयारी सुदृढीकरण कार्यक्रम भएको हो ।


कार्यक्रममा अवैध चोरी–निकासी नियन्त्रण, सीमा अपराध र अतिक्रमण रोकथाम, सीमा चिन्हहरूको संरक्षण तथा स्थानीय तहसँगको प्रभावकारी समन्वयबारे विस्तृत छलफल गरिएको छ । सशस्त्र प्रहरी बलका अनुसार सीमाक्षेत्रका चुनौती समाधान गर्न समुदायसँग निरन्तर संवाद र सहकार्य नै प्रभावकारी उपाय हो । कात्तिक १९ गते सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण मुख्यालय सिन्धुपाल्चोकमा नेपाल प्रहरीसँगको संयुक्त अभ्यास सम्पन्न गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहितको सहभागितामा सम्पन्न अभ्यासमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल र सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनीका बाहिनीपति नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
कृतिम रूपमा सिर्जना गरिएको घटनामा भिड नियन्त्रण, कफ्र्यू आदेश कार्यान्वयन, रणनीतिक प्रतिक्रिया र प्रयोगात्मक संयन्त्रको प्रदर्शन गरिएको थियो । सशस्त्र प्रहरी बलका अनुसार यस्ता संयुक्त अभ्यासहरूले आकस्मिक अवस्था वा असामान्य सुरक्षा परिस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, दक्षता र प्रतिक्रिया क्षमतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ । जिल्लामा सम्पन्न यी कार्यक्रमहरू सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलन र विपद् व्यवस्थापन अन्तर्गत सुरक्षा संयन्त्रलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी