मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय

चौतारा, पुष २९ गते ।

मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर –६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न तालिमपछि सहभागीहरूले यसलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।तालिममा सहभागी नारायण तिमल्सिनाले यसअघि मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सकिन्छ भन्ने जानकारी नै नभएको बताउँदै अब सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले अझ स्तरीय र उन्नत तालिमको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले स्थानीय स्रोतसाधनको उपयोग गर्दै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले स्थानीय स्तरमै उपलब्ध सामग्रीको प्रयोगबाट उत्पादन सुरु गर्न सके स्वरोजगारीका अवसर सिर्जना हुने धारणा राख्नुभयो ।तालिममा सहभागीहरूलाई मकैको खोस्टाबाट बुकी, ढकी, किरिङ, चकटीलगायत विभिन्न घरायसी सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो। प्रशिक्षक रिता गाहाले तालिममार्फत व्यावहारिक सीप हस्तान्तरण गरिएको र यसले स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।बलेफी गाउँपालिका वडा नम्वर –६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय अवसर र कार्यक्रममा स्थानीय सामग्रीकै प्रयोगलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले पाहुना तथा अतिथि सत्कारका क्रममा पनि यस्ता सामग्री प्रयोग गरिने जानकारी दिनुभयो ।स्थानीय कच्चा पदार्थको प्रयोग, सीप हस्तान्तरण, स्थानीय उत्पादन र उपभोगमार्फत स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले बलेफी क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी