फागुन २१ को निर्वाचनमा केन्द्रित एमालेको घरदैलो, त्रिपुरा सुन्दरीमा बढ्यो चुनावी माहोल

चौतारा सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका मा नेकपा एमाले ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पालिका स्तरीय घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई केन्द्रित गर्दै सञ्चालन गरिएको घरदैलो अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

घरदैलो कार्यक्रममा एमालेका उम्मेदवार सरेश नेपाल लाई अत्याधिक बहुमतले विजयी गराउन मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरिएको थियो। अभियानका क्रममा गाउँका विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा अन्तरक्रिया गरिएको थियो।कार्यक्रममा बोल्दै नेताहरूले त्रिपुरा सुन्दरी गाउँपालिकाको समग्र विकासका लागि स्थिर, सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका थिए। उनीहरूले एमालेको नेतृत्वमा विगतमा भएका विकास निर्माणका कामहरूलाई निरन्तरता दिन र नयाँ योजनाहरू कार्यान्वयन गर्न सरेश नेपाललाई विजयी गराउन आग्रह गरेका थिए।यस घरदैलो अभियान क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक कमल नेपाल को नेतृत्वमा सम्पन्न भएको थियो। त्यसैगरी, त्रिपुरा सुन्दरी गाउँपालिका निर्वाचन परिचालन कमिटीका संयोजक पशुपति श्रेष्ठ, स्थानीय नेता रोहित श्रेष्ठ, बासु अधिकारी, शुसिल श्रेष्ठ तथा विष्णु कुमार श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्न पाएको भन्दै नेताहरूले जनताको साथ र समर्थनप्रति आभार व्यक्त गरेका थिए। साथै, आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी भई पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिलसमेत गरेका थिए।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी