मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

सिन्धुपाल्चोक खाडीचौर।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ सिन्धुपाल्चोकको आयोजना तथा बीबीसी मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम खाडीचौरमा सम्पन्न भएको छ। समुदायस्तरमा मौसम तथा जलवायु सम्बन्धी सूचना पहुँच विस्तार गर्दै विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम महासङ्घका जिल्ला अध्यक्ष जनक राज गिरी को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जालबहादुर लामा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सम्झना कार्की, सुशीला श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन महासङ्घका कार्यक्रम संयोजक यज्ञ दङ्गाल ले गर्नुभएको थियो भने स्वागत मन्तव्य बलेफी महासङ्घका कोषाध्यक्ष बद्रीनाथ पौडेल ले राख्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणालीको महत्व, यसको प्रभावकारी प्रयोग तथा समुदायस्तरमा मौसमसम्बन्धी सूचना प्रवाह गर्ने विषयमा विस्तृत सहजीकरण गरिएको थियो। जलवायु परिवर्तनका कारण पछिल्लो समय प्राकृतिक विपद्का घटना बढ्दै गएको, वर्षाको अनियमितता, बाढीपहिरो, डढेलो तथा कृषि र वन क्षेत्रमा परेको प्रत्यक्ष असरका विषयमा समेत छलफल गरिएको थियो। यस्ता चुनौतीका बीच समयमै सही र भरपर्दो मौसमसम्बन्धी सूचना प्राप्त गर्न सके समुदायलाई सम्भावित जोखिमबाट जोगाउन ठूलो सहयोग पुग्ने वक्ताहरूले बताएका थिए।

तालिमका क्रममा सहभागी वन उपभोक्ता समितिका पदाधिकारीहरूलाई मोबाइल तथा अन्य माध्यमबाट मौसमसम्बन्धी सूचना कसरी प्राप्त गर्ने, समुदायमा ती सूचना प्रभावकारी रूपमा कसरी प्रवाह गर्ने तथा विपद् न्यूनीकरणमा यसको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। विशेषगरी ग्रामीण क्षेत्रमा समयमै सूचना नपुग्दा हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह, सामुदायिक वन समूह तथा समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।कार्यक्रममा सहभागीहरूले यस्ता तालिम समुदायका लागि अत्यन्त उपयोगी भएको बताएका थिए। सहभागीहरूले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा मौसमसम्बन्धी सूचना प्रणालीले कृषि, वन संरक्षण तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउने धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्दै गाउँगाउँसम्म विस्तार गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकाका सक्रिय वन उपभोक्ता समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यसअघि यस्तै अभिमुखीकरण कार्यक्रम वैशाख ५ गते चौतारामा तथा वैशाख १९ गते मेलम्चीमा समेत सम्पन्न भइसकेको छ।भने यस कार्यक्रममा आर्थिक सहयोग बीबीसी मिडिया एक्सन ले गरेको थियो।

यस सम्बन्धमा जानकारी दिँदै कार्यक्रम संयोजक यज्ञ दङ्गाल ले समुदायस्तरमा मौसम तथा जलवायु सम्बन्धी सूचना पहुँच विस्तार गरी विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विभिन्न स्थानीय तह र समुदायसँग सहकार्य गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

  • निशान परियार

    Related Posts

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    सिन्धुपाल्चोक चौतारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टरको संयुक्त आयोजनामा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको समुदाय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी