कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

सिन्धुपाल्चोक खाडीचौर।

सिन्धुपाल्चोक, २०८३ वैशाख ३० — दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक दर्शन गरेर हेटौडा फर्किने क्रममा जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिका–७ स्थित “२ किलो” क्षेत्रमा आज एउटा सवारी दुर्घटना भएको छ।

बा.ए. ७०५३ नम्बरको रातो रंगको ब्रेजा कार अचानक ब्रेक फेल भएपछि सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा गाडीमा ५ जना सवार रहेका थिए, जसमध्ये २ जना पुरुष र ३ जना महिला रहेका थिए।दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन् भने एक जनाको दायाँ आँखाको छेउतर्फ गम्भीर चोट लागेको बताइएको छ। घाइतेहरूको तत्काल उद्धार गरी सिन्धु सदाबहार अस्पताल, खाडीचौरमा उपचारका लागि लगिएको छ। अस्पताल स्रोतका अनुसार सबै घाइतेको अवस्था हाल खतरा मुक्त रहेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्चार्ज कृष्ण खड्काको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। त्यसैगरी जिल्ला ट्राफिक कार्यालयबाट वरिष्ठ हल्दार कृष्णप्रसाद अधिकारीको कमाण्डमा ट्राफिक प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी चौकी लामोसाँघुका इन्चार्ज बुकबहादुर राउतको कमाण्डमा रहेको प्रहरी टोलीले समेत उद्धार तथा व्यवस्थापन कार्यमा सक्रिय भूमिका निर्वाह गरेको थियो।

प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको जनाएको छ। दुर्घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिई यातायात सञ्चालनलाई सहज बनाएको थियो।प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्रेक फेल भएका कारण दुर्घटना भएको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।स्थानीयवासीहरूले जिरी सडकखण्डका केही स्थान साँघुरा तथा जोखिमयुक्त भएकाले सवारी चालकहरूले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। विशेषगरी धार्मिक तथा पर्यटकीय यात्रा गरेर फर्किने क्रममा लामो दूरीका सवारी साधनमा नियमित प्राविधिक जाँच आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण