सामाजिक विकासका जग बसाउँदै : चौतारा साागाचोकगढी नगरपालिका

बिदुर आचार्य
संबिधानको कार्यान्वयनसँगै सुरु भएको संधियताको अभ्यासमा स्थानीय सरकारले आफ्ना प्राथमिकताहरु ीनर्धारण गरेका छन् । संमृद्धिको मुल नारा कृषि, पर्यटन, शिक्षा र व्यापार अधिकांश स्थानीय तहका छन् । मुलत भौतिक निर्माणको जग वसाल्दै सामाजिक बिकासका क्षेत्रहरुमा लगानी थप गर्न स्थानीय सरकारहरु उद्धत रहेका छन् । दोस्रो कार्याकालको लागि स्थानीय निर्वाचनको पहिलो एक वर्षमा चौतारा साँगाचोकगढी नगरपालिकाले सामाजिक बिकासका अनेकन पाटोहरुमा उल्लेख्य प्रगती गरेको औँल्याएको छ । शिक्षा, स्वास्थ्य, न्यायिक सेवा, सामाजिक सुरक्षा,महिला, बालबालिका, जेष्ठ नागरिक, रोजगारी तथा उद्यम बिकासका क्षेत्रमा आवश्यकताको प्राथमिकीकरण गर्दै सेवा प्रवाह गरको छ । अनुदान मार्फत उत्पादन र अभिमूखीकरण मार्फत सचेतनाका कार्यलाई चौतारा साागाचोकगढी नगरपालिकाले अवलम्वन गरेको छ ।

नगरपालिकाले स्थानीय निर्वाचनको पहिलो एक वर्ष नसकिँदै केही नयाँ र सकारात्मक अभ्यास वारे जानकारि गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नीति, कार्याक्रम र बजेट कार्यानवयनमा उल्लेख्य प्रगती भएको विवरण सार्वजनिक गरेको छ । चालु अर्थिक वर्ष ०७९÷८०को दश महिनामा सम्पादन गरेको कार्य प्रगतीको प्रतिशत ७० पुगेको छ । नगरपालिकाले आफूले संचालन गरेको चालु आर्थिक बर्षको कार्यक्रममा आफ्ना सकारात्मक अभ्यासको सकारात्मक नतिजा प्राप्त गरेको जानकारि दिएको हो ।
नगर भित्र स्वास्थय वीमा संचानल देखि सफ्टवयेर तालिम सम्मका अभ्यास भएको र उक्त कार्यक्रमको सकारात्मक र अपेक्षित नतिजा प्राप्त भएको प्रतिवेदन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले प्रस्तुत गर्नुभएको छ ।
नगरपालिकाले भौतिक बिकास तथा निर्माण, प्रशासनीक सुधार तथा सुशासन, सामाजिक बिकास, पर्यटन प्रवद्धनमा उल्लेख्य प्रगती, शिक्षा क्षेत्रमा फड्को, स्वास्थ्य तथा प्रविधीमा उल्लेख्य काम भएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारि दिनुभयो ।
विवाद निरुपण, पूर्वाधार निर्माण तथा गुणस्तर बृद्धि, स्रोत साधनको अधिकतम र दिगो परिचालन तथा दिर्घकालिन योजना निर्माण र सो अनुरुप नीति कार्यक्रम तथा कार्यान्वयनमा जोड दिईएको नगर उपप्रमुख सीता थापाले जानकारि दिनुभयो ।
कानूनी साक्षरता कक्षा संचान तथा न्यायिक सेवा प्रदानमा न्यायिक समिति क्रियाशील छ । घर झगडा, सामाजिक विवाद, जग्गाको सीमा विवाद जस्ता ठूला÷साना विवाद न्यायिक समितिमा आउने गरेको न्यायिक सहजकर्ता करिश्मा सापकोटा बताउनुहुन्छ । चालु आर्थिक वर्षमा चौतारा साँगाचोकगढी नगरपालिकामा ३८ वढा विवादहरु दर्ता भएका छन् । जसमध्ये ११ वटा विवादहरुको निरुपण भैसकेको न्यायिक सहजकर्ता सापकोटाले जानकारि दिनुभयो ।
सामाजिक विकासका मेरुदण्ड शिक्षा, स्वास्थ्य तथा रोजगारीमा उल्लेख्य बृद्धि हुन सकेमा विवाद तथा झैझगडामा कमी आउन सक्ने आँकलन न्यायिक समितिका पदाधिकारीहरुको छ । स्थानीय टोल÷बस्ती, विद्यालय तथा पिछडिएको बस्ती सम्म पुगेर कानूनी सचेतनाका कार्यक्रम संचालन गरिएको समितिले जनाएको छ । मेलमिलाकर्ता, न्यायिक समितिका पदाधिकारीहरुका लागि क्षमता विकास र स्थानीय स्तरमा ३२ जनालाई कानूनी साक्षरता प्रदान नगरपालिकाको न्यायिक समितिले गरेको छ ।
नगरपालिकाले स्थानीय सहकारीहरुलाई कोपोमिस प्रणालीमा आवद्ध गराउँदै प्रविधी संचालनको तालिम समेत प्रदान गरेको छ । सहकारीलाई ब्यवस्थित संचालन, सहकारी मार्फत रोजगारी तथा उत्पादनमा बृद्धि गर्ने लक्ष्य नगरपालिकाको छ । उत्पादन तथा वजारिकरणमा सहकारीलाई माध्यम वनाउँदै स्थानीयलाई उत्पादनमा जोड्ने र सहकारी मार्फत सहुलियत तथा सेवा प्रवाह नगरको नीति रहेको छ ।
नगरपालिकाले लैङ्गिक हिंसा तथा मानव बेचबिखनमा परेका र जोखिममा रहेका नागरिकहरुकालागि उद्दार तथा संरक्षण कोषको समेत सुरुवात गरेको छ ।
नगरपालिका भित्रका मृतक परिवारलाई प्रदान गर्दै आएको रु पाँच हजार नगद सहयोग ३ सय २६ परिवारर्लाइ प्रदान गरेको जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक विकास समितिका प्रमुख रामप्रसाद गौतम भन्नुहुन्छ – ‘विपन्न परिवारलाई उक्त सहायताले निकै राहत पुगेको छ ।’
जोखिममा रहेका बालबालिकाको उद्दार गर्न कोष निर्माण गरेको नगरपालिकाले वडा नंम्वर १३ लाई यस अघि नै बालमैत्री वडा घोषणा गरिसकेको छ । नगर तथा वडा तहका बाल संजाललाई सक्रिय बनाउँदै स्थानीय बाल अधिकार समिति निर्माण समेत भएको सामाजिक विकास शाखाका प्रमुख दुर्गा ढुंगेल बताउनुहुन्छ । ढुंगेलका अनुसार लैङ्गिक समानता, सामाजिक समावेशीकरण कार्य प्रक्रियामा रहेको र सो को रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको छ ।
लैङ्गिक हिंसा न्यूनिकरणका लागि पुरुष सहभागिता औँल्याउँदै नगरपालिकाले महिला उद्यमशीलतामा प्राथमिकता प्रदान गरेको छ । गलैचा बुनाई ३७, सिलाई कटाई २५, ड्राईभिङ २७, मुडा बनाउने ५५, लप्सी क्याण्डी १५, एडभान्स सिर्लाइ कटाई ३९, खोष्टाको सामाग्री निर्माण ६० जनालाई तालिम प्रदान गरिएको नगरपालिकाको प्रवक्ता तथा वडा नं १२ का अध्यक्ष दीपेन्द्र प्रसाद नेपालले जानकारि दिनुभयो । महिला उद्यमशीलता तथा सहकारी संचालन र उद्यम विकासमा नगरपालिको कार्यक्रम सफल भई अपेक्षित नतिजा प्राप्त भएको नगर कार्यपालिका सदस्य सीता पौडेल बताउनुहुन्छ ।
स्थानीय उतपादन बृद्धि सँगै पकेट बिकास प्रवद्र्धन कार्यक्रम मार्फत ब्यवसायिक उत्पादन र आर्थिक उपार्जनमा नगरपालिकाको अधिक योजनाहरु रहेका छन् । अनुदान मार्फत उत्पादन बृद्धि र स्थायीत्वमा नगरपालिका केन्द्रीत रहेको वडा नंम्वर १४ का अध्यक्ष उद्धव नेपाल बताउनुहुन्छ । नगरपालिकाले कृषक, कृषि समुह तथा कृषि सहकारी मार्फत मिनिटिलर, वीउ, टनेल, प्लाष्टिक पोखरी, जैविक तथा रसायसनक औषधी उपलब्ध गराएको छ । स्थानीय उत्पादन बृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणमा दर्जन बढी योजना तथा कार्यक्रम नगरपालिकाको चालु आर्थिक वर्षमा संचालनमा रहेका छन् । युवा स्वरोजगार तथा दुब्र्यसन मुक्त नगर निर्माणमा वडा तहबाटै आवश्यक कार्यक्रमको तयारी रहेको वडा नंमवर ५ का अध्यक्ष शिव श्रेष्ठ बताउनुहुन्छ ।
चरणवद्ध रुपमा बस्ती स्तरमा नै स्वास्थ्य परीक्षणको कार्यक्रमलाई निरन्तर्ता दिँदै स्वास्थ्य शाखा तथा युनिटले नगरका सबै वस्तीमा गाउँघर क्लिनिक संचालन गरी स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यलाई निरन्तर्ता दिएको छ । सुत्केरी पोषण कार्यक्रम तथा एम्बुलेनस सेवा मार्फत चालु आर्थिक वर्षमा तीन सय बढी सुत्केरीलाई सेवा प्रवाह गरेको छ ।

  • Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन