नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

सिन्धुपाल्चोक । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड इन्द्रावती शाखाले नागरिक स्तरमा ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार शाखाको कार्यालय फट्केश्वरमा एक कार्यक्रमबीच ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अवसरमा लघुवित्तका सदस्यहरूमा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले वित्तीय साक्षरता हरेक नागरिकहरूमा हुनुपर्ने बताउनुभयो । लघुवित्तले नागरिकहरूमा निराशा नभई आशा जगाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम,मेलम्ची नगरपालिका वडा नम्बर १३ का वडा सदस्य उद्धव ढुङ्गाना,लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल र विभागीय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शाखाका प्रमुख शङ्करनाथ कट्टेलले राख्नुभएको थियो । 

  • विदुर आचार्य

    विदुर आचार्य प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष ,पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव हुनुहुन्छ ।

    Related Posts

    बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

    सिन्धुपाल्चोक । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चले र जुगल गाउँपालिका वडा…

    आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

    काठमाडौँ । विदेशमा यन्त्र (मेसिन) मा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    ब्बाँसे पुग्यो बस

    ब्बाँसे पुग्यो बस

    बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

    बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

    कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

    कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

    नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

    नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम